• दीपक मनाङेद्वारा शपथग्रहण

    दीपक मनाङगे
  • पोखरा, १४ माघ : गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे) ले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    उनलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले नदीपुरस्थित प्रदेशसभा सचिवालयमा शपथ गराएका हुन् । तत्कालीन नेकपा एमालेको सहयोगमा मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारका रुपमा प्रदेशसभा सदस्यमा विजयी भएका गुरूङ शपथ लिनु अगावै कर्तव्य ज्यान मुद्दामा कारागार चलान भएपछि हालसम्म शपथग्रहण हुन सकेको थिएन ।

    सर्वोच्च अदालतको आदेशमा पुस ६ गते कारागर मुक्त भएपछि उनले पुस ११ गते प्रदेशसभा सचिवालयमा शपथका लागि निवेदन दिएका थिए । शपथ ग्रहणपछि उनले सरकारको कामको आधारमा सहयोग गर्ने बताए । समग्र प्रदेशका साथै आफ्नो निर्वाचन क्षेत्रमा बाटोघाटो, शिक्षा लगायतको विकासमा आफू सक्रिय बन्ने उनले बताए ।

     

  • कमेन्ट गर्नुहोस्