• प्रदेशसभा बैठकबाट स्थायी राजधानीको टुङ्गो लाग्ने – मुख्यमन्त्री राई

    k|b]z g+ ! sf d’VodGqL z]/wg /fO{ gu/ ljsf; sf]ifsf] C0f ;xof]udf lj/f6gu/ dxfgu/fklnsfåf/f lj/f6gu/–!! df ? * s/f]8 $& nfvdf lgdf{0f ul/Psf] j; 6ld{gnsf] a’waf/ pb3f6g ;df/f]xdf pkl:yt x’Fb} . ;fydf cfGtl/s dfldnf tyf sfg”gdGqL lxSdt sfsL{, ;fdflhs ljsf;dGqL hLjg l3ld/] / lj/f6gu/ dxfgu/fklnsfsf k|dv eLd k/fh’nL . t:jL/ M dgf]h bfxfn, /f;; lj/f6gu/
  • विराटनगर, माघ १६ : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यही माघ २० गतेबाट शुरू हुने प्रदेशसभा बैठकबाट स्थायी राजधानी र नामांकरणको टुङ्गो लाग्ने बताएका छन् ।

    नगर विकास कोषको ऋण सहयोगमा विराटनगर महानगरपालिकाले वडा नं ११ मा निर्माण गरेको बस टर्मिनलको उद्घाटन कार्यक्रममा प्रदेशको पूर्वाधार निर्माण गर्न केही दिनमा निजी क्षेत्रको सहकार्यमा लगानी सम्मेलनको आयोजना गर्ने मुख्यमन्त्री राईले बुधबार जानकारी दिए । उनले विकास र समृद्धिको उद्देश्यप्रति केन्द्रित भएर सरकारले विकास निर्माणको वातावरण तयार गरिरहेको पनि धारणा व्यक्त गरे  ।

    हिमाल, तराई र पहाडका जनताले चाहेको विकासका लागि भूगोलअनुसारका विकास कार्य गर्न प्रदेश सरकार योजनाबद्ध भएर लागेको चर्चा गर्दै मुख्यमन्त्री राईले यस क्षेत्रको पर्यटन पूर्वाधार निर्माण गरी स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्ने बताए ।


    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई नगर विकास कोषको ऋण सहयोगमा विराटनगर महानगरापलिकाद्वारा विराटनगर–११ मा रु ८ करोड ४७ लाखमा निर्माण गरिएको वस टर्मिनलको बुधबार उद्घाटन समारोहमा मन्तव्य व्यक्त गर्दै । तस्वीर ः मनोज दाहाल, रासस विराटनगर

    मुख्यमन्त्री राईले विराटनगरवासीको चाहना अनुरूप मनोरञ्जन स्थलका लागि पार्कको निर्माण गर्नुपर्नेमा जोड दिए । सरकारले ‘सडक, विद्युत्, शहरीकरण, स्वास्थ्य, शिक्षा’ जस्ता आवश्यक पूर्वाधारको गुरूयोजना बनाई निर्माण गर्ने पनि उनले बताए  ।

    आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले टर्मिनल क्षेत्रमा सेवा केन्द्र स्थापनाका लागि सरकारले सहयोग गर्ने बताउँदै यसको संरक्षण, सफाइ र सुरक्षाका लागि सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

    सामाजिक विकासमन्त्री जीवन घिमिरेले दक्ष जनशक्ति निर्माण गर्न प्रदेश सरकारले नौ हजार युवालाई तालीम प्रदान गर्ने बताए । नगर क्षेत्रमा तीन सय किलोमिटर सडक कालोपत्रे, विमानस्थल विस्तार र वैजनाथपुरमा सुविधासम्पन्न खेलमैदान निर्माण कार्य अगाडि बढाएको उनले जानकारी दिए ।

    प्रदेशसभामा नेपाली काङ्ग्रेसका सचेतक केदार कार्कीले नयाँ बस टर्मिनलमा स्तनपान गराउने स्थान र सुरक्षाको उचित प्रबन्धसहित सिसीटिभीको व्यवस्था हुनुपर्नेमा जोड दिए ।

    जिल्ला समन्वय समितिका संयोजक नरेश पोखरेलले विराटनगरलाई स्थायी राजधानी घोषणा नगरिए जिल्लावासीको सहयोगमा समितिका भवनमा सञ्चालन भएको प्रदेशसभा बैठक सञ्चालन गर्न नदिने घोषणा गरे ।

    विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सङ्घीय र प्रदेश सरकारको सहयोगमा विकास कार्य अगाडि बढाउँदै जाने विचार व्यक्त गर्दै बस टर्मिनल क्षेत्रमा बायोग्याँस शौचालयको निर्माण गरिने बताए ।

    विसं २०७३ मङ्सिर १९ गते शिलान्यास भई विसं २०७५ असोज १४ गते सम्पन्न भएको उक्त टर्मिनल ३० कट्ठा जग्गामा पाँच हजार पाँच सय ८० वर्गमिटरमा निर्माण गरिएको छ । गौरीपार्वती निर्माण सेवा काठमाडौंले आठ करोड ४७ लाख रूपैयाँमा निर्माण सम्पन्न गरेको बस टर्मिनलमा रेष्टुराँ, कफीसप, लगेज रुम, टिकट काउण्टर र महिला तथा पुरूष शौचालयको व्यवस्था रहेको छ ।

    टर्मिनलमा एक समयमा ५५ वटा यातायात साधन राख्ने व्यवस्थासहित सरसफाइका लागि २० हजार लिटर पानी अट्ने पानी ट्याङ्कीसमेत निर्माण गरिएको छ ।

    नेपाल ट्रेड युनियन महासङ्घ प्रदेश अध्यक्ष किशोर धमलाले टर्मिनल सञ्चालनका लागि यातायात मजदूरसँग छलफल नभएको बताउँदै लामो र छोटो दूरीका गरी ती सय ५० यातायात साधन प्रत्येक पाँच मिनेटमा छुट्ने भएकाले महानगरपालिकाले यातायात व्यवस्थासँग सहकार्य गरी सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

     

  • कमेन्ट गर्नुहोस्