• नेपाल चार विकेटले विजयी

    टिम नेपाल तस्बिर सौजन्य: सन्दीप लामिछाने/ट्विटर
  • काठमाडौं, माघ १८: संयुक्त अरब इमिरेट्स (युएई) विरूद्धको दोस्रो टी–२० क्रिकेटमा नेपाल चार विकेटले विजयी भएको छ ।

    दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर युएईले ब्याटिङ रोजेको थियो । युएईले १९ दशमलव दुई ओभरमा सबै विकेट गुमाई एक सय सात रन बनाएको थियो । नेपालले एक सय आठ रनको लक्ष्य १९ दशमलव तीन ओभरमै ६ विकेट गुमाएर पूरा गर्‍यो ।

    नेपालका लागि दीपेन्द्रसिंह ऐरीले विजयी रन बटुलेका थिए । अन्तिम ओभरमा ऐरीले लगातार एक छक्का र एक चौका प्रहार गरेका थिए । उनले अविजित ४७ रन जोडे । यस्तै करन केसीले २० तथा पवन सर्राफले १८ रन बनाए ।

    बलिङतर्फ युएईका सुलतान अहमदले दुई तथा मोहमद नाभिद, अमिर हयात, इमरान हैदर र जाहुर खानले एक–एक विकेट लिए ।

    यसअघि ब्याटिङ गर्ने क्रममा युएईका लागि सिपी रिजवानले सर्वाधिक ४४ रन जोडे । यस्तै शाईमन अनवरले १४ तथा मोहमद बोताले ११ रन बनाए । युएईका ६ ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका लागि अविनाश बोहराले तीन तथा सन्दीप लामिछाने, करण केसी  र सोमपाल कामीले दुई–दुई विकेट लिए ।

    तीन खेलको सिरिज १–१ को बराबरी भएको छ । नेपाल पहिलो खेलमा युएईसँग २१ रनले पराजित भएको थियो । सिरिजको अन्तिम खेल आईतबार हुनेछ ।

  • कमेन्ट गर्नुहोस्