• टि–२० सिरिजमा नेपालको ऐतिहासिक जित

    नेपाली क्रिकेट टोली ट्रफीको साथमायूएइमा सम्पन्न टि–२० सिरिज जित्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोली ट्रफीको साथमा । तस्वीर सौजन्यः रमन सिवाकोटी, टोली व्यवस्थापक राष्ट्रिय क्रिकेट टोली, रासस
  • काठमाडौं, माघ २०: संयुक्त अरब इमिरेट्स (युएई) विरूद्धको टी–२० क्रिकेट सिरिज २–१ ले जित्दै नेपालले इतिहास कायम गरेको छ । आजकोअन्तिम खेलमा नेपालले १४ रनको जित निकाल्दै सिरिज आफ्नो पक्षमा पारेको हो ।

    दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित १० ओभरमा आठ विकेट गुमाउँदै एक सय चार रन बनाएको थियो । एक सय पाँच रनको लक्ष्य पछ्याउने क्रममा युएईले १० ओभरमा आठ विकेट गुमाई ९० रन मात्र बनाउन सक्यो ।

    नेपालका ललितनारायण राजवंशी, अभिनाश बोहोरा र करण केसीले दुई-दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक-एक विकेट लिए । ब्याटिङतर्फ युएईका लागि गुलाम शब्बीरले २५, साइमन अनवरले ३० र मोहमद बोताले १० रन बनाए ।

    नेपालका लागि कप्तान पारस खड्काले २९, सन्दीप जोराले २८,  विनोद भण्डारीले २१, ज्ञानेन्द्र मल्लले ११ र करण केसीले १० रन बनाए । बलिङतर्फ युएईका मोहम्मद नाभिद र सुल्तान अहमदले दुई-दुई तथा अमीर हयात, जोहर खान र मोहमद बोताले एक-एक विकेट लिए । यसअघि नेपालले एकदिवसीय सिरिज २–१ ले जित्दै इतिहास बनाएको थियो ।

    टि–२० सिरिज ग्रहण गर्दै कप्तान खड्काटि–२० सिरिज ग्रहण गर्दै कप्तान पारस खड्का । तस्वीर, सौजन्यः रमन सिवाकोटी, टोली व्यवस्थापक राष्ट्रिय क्रिकेट टोली, रासस

  • कमेन्ट गर्नुहोस्