• पूर्वमन्त्री न्यौपानेविरुद्ध भ्रष्टाचार मुद्दा

  • काठमाडौं, माघ २२ : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बद्री न्यौपानेसहित १३ जना विरुद्ध विशेष अदालमता मुद्दा दायर गरेको छ ।

    समाज कल्याण परिषद्ले काठमाडौं, भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रिया विपरीत गरेको पाइएकाले मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

    आयोगले पूर्वमन्त्री न्यौपानेविरुद्ध ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ रूपैयाँ, परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, तत्कालीन कोषाध्यक्ष कुञ्ज विहारीप्रसाद चौधरी, तत्कालीन सदस्य सचिव रवीन्द्रकुमार, तत्कालीन सदस्य मोहनराज शर्मा, मदन कुमारलाल कर्ण र हरि न्यौपानेविरुद्ध पनि ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ रूपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोग लगाएको छ ।

    यस्तै प्रमुख सञ्चालक टेकबहादुर गुरूङ र रवीन्द्र गुरूङलाई समेत ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ रूपैयाँ बराबरको भ्रष्टाचार गरेको आयोगले उल्लेख गरेको छ । उनीहरू बाहेक तत्कालीन कोषाध्यक्ष रत्न गाहा मगर, तत्कालीन निर्देशक मदनप्रसाद रिमाल, उपनिर्देशक बलबहादुर स्वाँर, कानूनी सल्लाहकार प्रेमसिंह धामी र जगदेव चौधरीले पनि भ्रष्टाचारजन्य गतिविधिमा सहयोग गरेको आयोगको ठहर छ ।

    फनपार्क मेला सञ्चालकलाई २०६९ भदौ २० गते पाँच लाख ५५ हजार रूपैयाँ मासिक भाडा लिने गरी परिषद्ले जग्गा उपलब्ध गराएको थियो । सार्वजनिक खरीद ऐनअनुसार सार्वजनिक बोलपत्र आह्वान गरेर मेला सञ्चालक चयन गर्नुपर्नेमा त्यसो नगरिएको र कार्यविधिसमेत पालना नभएको पाइएको आयोगले जनाएको छ । यस्तै इच्छुमति तरकारी बजारको भाडासमेत न्यूनरुपमा ७८ हजार ५ सय ७१ रूपैयाँमा दिइएको आयोगले जनाएको छ ।

  • कमेन्ट गर्नुहोस्