• तीन राजदूतको शपथ

    राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा सितल निवासमा नवनियुक्त इजरायलको लागि राजदुत अन्जान शाक्य, युएनका लागि स्थायी प्रतिनिधी अमृत राई र जेनेभाको लागि स्थायी प्रतिनिधी मणि भटटराई लाई सफत खुवाउनुहुदै । तस्बिर : प्रदीपराज वन्त,रासस
  • काठमाडौं, माघ २५ : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन राजदूतलाई आज पद तथा गोपनीयताको शपथग्रहण गराएकी छिन् ।

    राष्ट्रपति भवन शीतल निवासमा आज बिहान आयोजित विशेष समारोहमा उनले संयुक्त राष्ट्र सङ्घ न्यूयोर्कका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई तथा सोही विश्व संस्थाको जेनेभाका लागि स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईलाई शपथ गराईन् ।

    • राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शुक्रबार शीतलनिवासमा इजरायलका लागि नवनियुक्त राजदूत अञ्जान शाक्य, राष्ट्रसङ्घ न्युयोर्कका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र जेनेभाको लागि स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराई शपथ लिदै । तस्वीर : प्रदीपराज वन्त,रासस

    राष्ट्रपतिले इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यलाई पनि पद  तथा गोपनीयताको शपथ गराईन् ।

    त्यसअवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका  उच्च अधिकारीको उपस्थिति थियो ।

  • कमेन्ट गर्नुहोस्