डण्डीबियो प्रतियोगिता शुरू


डण्डी बियो खेल
धादिङबेसीमा आइतबारदेखि शुरू भएको डण्डी बियो खेल खेल्दै सहभागी । तस्वीर : सीताराम अधिकारी, धादिङ, रासस
धादिङ, फागुन ५ : लोपोन्मुख अवस्थामा रहेको डण्डीबियो खेलको प्रतियोगिता धादिङबेसीमा पहिलो पटक आयोजना गरिएको छ ।

धादिङबेसीस्थित खुलामञ्चमा जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले डण्डीले बियो हानेर आइतबार प्रतियोगिताको उद्घाटन गरे ।
डण्डीबियो संस्कृति जोगाउन तथा मौलिक खेलका रूपमा विकास गर्न डण्डीबियो सङ्घ र नेपाल स्काउट धादिङले संयुक्त रूपमा प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा जिल्लाका ४१ विद्यालयले भाग लिएका छन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो पुरस्कार वापत क्रमशः ५० हजार, ३० हजार, २० हजार रूपैयाँ तथा सान्त्वना पुरस्कार स्वरूप १० हजार रूपैयाँ प्रदान गरिने नेपाल स्काउट धादिङका समन्वय आयुक्त शिव सापकोटाले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
