क्यान्सर भएको थाहा पाएपछि घरेलु कामदार निकाला
बेबीजेन एलसले आफूलाई पाठेघरको क्यान्सर छ भन्ने थाहा पाएको एक महिना पनि पुगेको थिएन,अर्को दुखद समाचार सुन्नुपर्यो ।
फेब्रुअरी १७ मा ३८ वर्षिया एलसलाई कामबाट निकालिएको पत्र थमाइयो । सरकारी डाक्टरको सल्लाह अनुसार उनी ‘मेडिकल लिभ’ मा बसेकी थिइन् । बिरामी भएकैले रोजगारदाताले एलसको सम्झौता खारेज गरेका थिए । उनी फिलिपिन्सबाट सन् २०१७ मा हङकङ आएकी हुन् ।
क्यान्सर त्यसमाथि बेरोजगार । एलसले भन्छिन्,“मलाई एकदमै दुख लागेको छ । अब म कसरी उपचार गराउँ ? औषधि कसरी किन्नु ?”
कामबाट निकालिएका विदेशी घरेलु कामदारले दुई साताभित्र हङकङ छोड्नुपर्छ । उनीहरूले निशुल्क स्वास्थ्य स्याहारको अधिकार पनि गुमाउँछन् । शहरमा बस्ने सबैलाई यो अधिकार सुनिश्चित छ ।
पाँचसन्तानकी आमा एलसले लेबर डिपार्टमेन्टमा उजुरी गरेकी छिन् । रोजगारदाताहरूलेहङकङको इम्प्ल्वाइमेन्ट अर्डिनेन्सको उल्लंघन गरेको उनले तर्क छ । अर्डिनेन्सअन्तर्गत बिरामी विदामा बसेका कर्मचारीलाई कामबाट निकाल्नु गैरकानुनी हो ।प्रत्येक साता एक दिन विदा र ‘ओछ्यान’जस्तो आधारभूत आवश्यकता नदिने लगायतरोजगारदाताले सम्झौताका थुप्रै शर्तहरू उल्लंघन गरेको पनि उनले बताएकी छिन् ।
यसका साथै, डिसेबिलिटी डिस्क्रिमिनेसन अर्डिनेन्स अन्तर्गत अपांगता भएका व्यक्ति विरूद्ध भेदभाव गर्नु अवैधानिक हुने बताउँदै एलसले इक्वाल अपर्च्युनिटिज कमिसनमा पनि उजुरी गरेकी छिन् ।
एलसका रोजगारदाताले भने अवकाश पत्र थमाउँदा उनी बिरामी विदामा नबसेको दाबी गरेका छन् ।
“उनले पछि मात्रै बताइन्,” रोजगारदाताले शुक्रबार अपरान्ह बताइन् । उनले भनिन्,“उनलाई बिरामी विदामा बसेको बेला नभएर विदा सकिएपछि मात्रै कामबाट निकालिएको हो ।”
लामो समयदेखि हङकङमा बसेकी जेस्सिका क्युट्रेराले एलसकी बहिनीलाई काममा राखेकी छिन् । क्युट्रेराले उनको परिवारलाई सहयोग गरिरहेकी छिन् । एलसले कानुन अनुसार नै उचित क्षतिपुर्ति खोज्ने उनले बताइन् ।
“तर बेबी जेन र उनको स्वार्थको सुरक्षा गर्न पर्याप्त कानुन छैन । रोजगारदाताले गैरकानुनी तवरले सम्झौता खारेज गरेकोले उनले हङकङमा बस्ने अधिकार र हस्पिटल अथोरिटी प्रणाली प्रयोग गर्न पाउँदिनन् । उनी हङकङमा बस्न पाउँदिनन् र बिना स्याहार आफ्नो दाबीका लागि संघर्ष गर्न सक्दिनन्,” क्युट्रेराले भनिन् ।
एलसले भिसा थप्ने तयारी गरिरहेकी छिन् तर भिसा थपिए पनि सरकारी स्वास्थ्य सेवा भने पाउने छैनन् । उनको उपचारका लागि आर्थिक सहयोग संकलन गर्न यो साता एउटा अनलाइन पेज सुरू गरिएको छ ।
“हस्पिटल अथोरिटीले उनलाई तत्काल रेडियसन र केमोथेरापी सुरू गर्न सुझाव दिएको छ,” क्युट्रेराले भनिन्,“हङकङमा उनको उपचार गर्न र उनका सन्तानलाई यहाँ ल्याउन हामी आर्थिक सहयोग संकलन गरिरहेका छौं । यसै बीच आफू विरूद्ध भएको विभेद र गलत तरिकाले कामबाट निकालिएको दाबी पुष्टि गर्न उनले संघर्ष गर्नेछिन् र घरमा भएका बालबालिकाको रेखदेख पनि गर्नेछिन् ।”
फिलिपिन्समा उपचारको प्रबन्ध मिलाउने विकल्प पनि खोजिएको क्युट्रेराले बताइन् । “तर बेबी जेनको क्यान्सरको जटिल अवस्थालाई हेर्दा फिलिपिन्सको सरकारी अस्पतालमा भर्ना गराउन केही साता वा महिना मात्रै ढिलाइ गर्नु पनि उचित हुँदैन ।”
रोगको पहिलो लक्षण डिसेम्बरमा देखिए पनि जनवरी २० मात्रै डाक्टरलाई देखाएको एलसले बताइन् । स्वास्थ्य परीक्षणमा उनलाई तेश्रो चरणको पाठेघर क्यान्स भएको पत्ता लागेको थियो र उनल बिरामी विदा लिएकी थिइन् । पाठेघरको क्यान्सरले प्रत्येक वर्ष विश्वका तीन लाखभन्दा धेरै महिलाको ज्यान लिने गर्दछ ।
तरत्यसअघि पनि हङकङमा उनको जीवन सहज थिएन । एलसका रोजगारदाताले “उनलाई अत्यन्तैसीमित खाना दिएको र काम सुरू गरेयता १६ किलो तौल घटेको । त्यसमा क्यान्सरको केहीप्रभाव भए पनि निकै समयदेखि उनलाई थोरै खाना दिइएको” क्युट्रेराले बताइन् ।
एलसलाईभर्याङमुनि रहेको एउटा दराजमा सुत्न लगाइएको र अनिवार्य २४ घण्टे विदा पनिनदिइएको क्युट्रेराले बताइन् । “प्रत्येक आइतबार उनले सरसफाइ गर्नुपर्थ्यो रबिहान–बिहान कुकुरलाई घुमाउनुपर्थ्यो । त्यसपछि राती ८:२० मासरसफाइ गर्न र कुकुरलाई घुमाउन उनी घर पुग्थिन् ।”
तरघरमा रहेका पाँच सन्तान पाल्नलाई पनि उनले यी सबै समस्यालाई झेलेको एलसले बताइन् ।फिलिपिन्समा रहेका उनका सन्तान ६ देखि १६ वर्ष उमेरका छन् ।
केहीदिनअघि कामबाट निकालिएको पत्र पाएपछि फेब्रुअरी १९ मा रोजगारदाताको निवासबाटनिस्किएको एलसले बताइन् । जनवरी १३ देखि पारिश्रमिक वा अन्य कुनै शुल्क नपाएको पनिउनले दाबी गरेकी छिन् ।
विज्ञहरूकाअनुसार गम्भिर रोगका कारण विदेशी कामदारलाई कामबाट निकाल्नु हङकङमा सामान्य हो ।तर यस्को रोकथाम गर्न वा समस्यामा परेका कामदारलाई सहयोग गर्न खासै काम नभएकोउनीहरूले बताएका छन् ।
“यो वास्तवमै सामान्य बन्दै गएको छ । हङकङको मुख्य समस्या के हो भने कामबाट निकालिए भिसा पनि सकिन्छ र स्वास्थ्य प्रणालीबाट बञ्चित गरिन्छ,” डेभिड बिसपले भने । उनी विश्वविद्यालयका प्राध्यापक हुन् ।
“धेरैका लागि यो मृत्युको फैसला बराबर हो ।”
कुनै घरेलु कामदारले उजुरी गर्ने वा अदालतमा मुद्दा लगाउन चाहे पनि कामबाट निकाल्नुको कारण पुष्टि गर्नेदेखि नै समस्या सुरू हुन्छ । “रोजगारदाताहरूले कामदारलाई निकाल्नुको कारण प्राय: फ्याट्टै भन्दैनन् । उनीहरू अरू नै कारण खोज्छन्,” बिसपले भने ।
तर एलससँग भने रोगकै कारण कामबाट निकालिएको कारण खुलाइएको रोजगारदाताको पत्र छ ।
मिसन फर माइग्रेन्ट वर्कर्सकी महाप्रबन्धक सिन्थिया एब्डन–तेलेजले बिरामी परेका अधिकांश घरेलु कामदारले कामबाट निकालिएपछि च्यारिटीकै भरपर्नु परेको बताइन् ।
“धेरैले घर जाने निर्णय गर्छन् । यसले कठिनाइ अझै बढाउँछ । किनभने इन्डोनेसिया र फिलिपिन्सजस्ता देशमा मेडिकल सपोर्ट एकदमै न्युन छ ।”
हङकङमा तीन लाख ७० हजारभन्दा धेरै घरेलु कामदार छन् । तीमध्ये अधिकांश फिलिपिन्स र इन्डोनेसियाका छन् । एलसकी बहिनी मेरी एन एलसले हङकङका सबै रोजगारदातालाई “कामदारहरूलाई ठीक व्यवहार गर्न” आग्रह गरेकी छिन् ।
उनले भनिन्,“यस्तो घटना दोहोरिन नदिन प्रवासी घरेलु कामदारको नियमित स्वास्थ्य परीक्षण गराउन सुरू गर्नुपर्छ । परिवार पाल्नु राम्रो हो तर आफ्नो पनि रेखदेख गर्नुपर्यो ।”