• जापानकी काने तानाका विश्वकै सबैभन्दा वृद्धा

    116-year-old Japanese woman Kane Tanaka holds a Guinness World Records certificate naming her as the world’s oldest person living during a ceremony in Fukuoka, Japan, on March 9, 2019.
  • टोकियो, जापान, फागुन २५ : जीवनको उत्तरार्द्धतिर पनि गणित सिक्न र घरमै बसेर खेल खेल्न सौखिन जापानकी काने तानाकालाई गिनिज बुक अफ वर्ल्ड रेकर्डसले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको मान्यता दिएको छ ।

    विश्वमा पहिलो पटक विमान उडाउने राइट्स ब्रदर्स जन्मेको वर्ष‚ सन् १९०३ को जनवरीमा २ मा जन्मिएकी तानाका चार सन्तानकी आमा हुन् । पछि एक जना धर्मसन्तानलाई पनि संरक्षण दिइन् ।

    तानाकालाई विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको मान्यता दिएपछि उनी बस्ने फुकुओका शहरमा नगर प्रमुख सोइचिरो ताकाशिमा तथा दर्जनौं शुभेच्छुक भेला भएर उनको सम्मानमा एक कार्यक्रम गरी खुशियाली मनाइएको छ । उनलाई नर्सिङ होममा राखी रेखदेख गरिँदै आएको छ ।

    जीवनमा सबैभन्दा सुखद् क्षण कुन रह्यो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले संक्षिप्त तर प्रष्ट स्वरमा भनिन्, “अहिले ।”

    सामान्यतया हरेक बिहान ६ बजे उठ्ने तानाका अहिले पनि दिनभर गणितका कुरा तथा सुन्दर हस्तलेखनका अभ्यास गर्छिन् । तानाकाले बसेर खेल्न सक्ने खेलहरू खेल्न मन पराउने गिनिज वल्र्ड रेकर्डसले जनाएको छ ।

    जापानकै जिरोएमोन किमुरा कानूनी रूपमा रेकर्ड गरिएका व्यक्तिमध्ये विश्वकै सबैभन्दा बढी बाँच्ने पुरूष थिए जसको मृत्यु ११६ बर्षको उमेरमा सन् २०१३ को जुनमा भएको थियो । गिनिज बुकका अनुसार विश्वकै सबैभन्दा बढी बाँच्ने व्यक्तिका रूपमा भने फ्रान्सकी जेन लुईस केल्मेन्ट हुन् जसको मृत्यु सन् १९९७ मा १२२ बर्षको उमेरमा भएको थियो ।

  • कमेन्ट गर्नुहोस्