• पार्टीमाथिको प्रतिबन्ध अलोकतान्त्रिक

    नेपाल प्रेस युनियन कास्कीद्वारा बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पूर्वमन्त्री अर्जुननरसिंह केसी । तस्वीरः वासुदेव पौडेल, पोखरा, रासस
  • पोखरा, फागुन ३०: नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउनुअलोकतान्त्रिक कदम भएको बताएका छन् ।

    नेपाल प्रेस युनियन कास्की शाखाद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा दललाई सरकारले प्रतिबन्ध लगाएकाले उनले देशमा फेरी द्वन्द्व बढ्न सक्ने आशङ्का व्यक्त गरे ।

    “विप्लवका गतिविधि निगरानी गरी नियन्त्रणमा ल्याउने हो, पार्टीमाथि नै प्रतिबन्ध लगाउन त मिल्दैन नि,” नेता केसीले भने, “राजनीतिक पार्टीमाथिको प्रतिबन्ध अलोकतान्त्रिक र संविधान विपरित छ ।”

    जनताको सुरक्षा र स्वतन्त्रताको प्रत्याभूति गराउनु सरकारको दायित्व भए पनि उक्त दायित्वबाट सरकार चुकेको बताउँदै उनले वाइडबडी, फोरजी प्रकरणलगायतमा भएको आर्थिक अनियमितताको स्वतन्त्र छानबिन हुनुपर्नेमा जोड दिए ।

    प्रतिपक्षको भूमिका कमजोर भएको भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले काङ्ग्रेस जिम्मेवार प्रतिपक्ष भएकाले आफूहरू संयम र  धैर्य बन्नाका साथै  लोकतान्त्रिक प्रकृयाबमोजिम अघि बढिरहेको स्पष्ट पारे । पार्टी नीतिगत एवं नेतृत्वगत रुपमा पारदर्शी भएर अघि बढ्नुपर्छ भन्ने विचारका साथ आफूहरू पार्टीको सुधार गर्ने क्रममा रहेको उनको भनाइ थियो ।

  • कमेन्ट गर्नुहोस्