• आइपिएल खेल्न सन्दीप भारत गए

    सौजन्य : ट्विटर/ सन्दीप लामिछाने
  • सन्दीप लामिछाने बाह्रौं इण्डियन प्रिमियर लिग (आइपिएल) खेल्न आज भारत गएका छन् ।

    लेग स्पिनर सन्दीप दिल्ली क्यापिटल्सबाट आइपिएल खेल्छन् । अघिल्लो सिजनको अन्तिम तीन खेलमा उनले पाँच विकेट लिएका थिए ।

    सन्दीप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी पनि हुन् । यो सिजनको पारिश्रमिक २० लाख भारतीय रूपैयाँ तोकिएको छ । भारतको आइपिएलबाहेक सन्दीपले अष्ट्रेलियाको बिग ब्यास र पाकिस्तानको पाकिस्तान सुपरलिग पनि खेलिसकेका छन् ।

    सन्दीपको टिम दिल्ली क्यापिटल्सले पहिलो खेल चैत १० गते मुम्बई इण्डियन्ससँग खेल्नेछ ।

  • कमेन्ट गर्नुहोस्