• पाँच आयोगमा अध्यक्षको नियुक्ति

    प्रधानन्यायधीश जबराबाट शपथ राष्ट्रपति भवन, शीतलनिवासमा बहीबार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितमा प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराले राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको अध्यक्ष बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्ष शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्ष विजयकुमार दत्त, थारु आयोगको अध्यक्ष विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्ष समीम मियाँ अन्सारीलाई पद तथा गोपनीयताको शपथ गराउँदै । तस्वीर : नवीन पौडेल, रासस
  • काठमाडौं, चैत ७ : राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेकी छिन् ।

    राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा. शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्ष पदमा समिम मियाँ अन्सारीलाई नियुक्त गरेकी हुन् ।

    शीतलनिवासमा आजै आयोजित विशेष समारोहमा आयोगका नवनियुक्त अध्यक्षहरूलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पद तथा गोपनियताको शपथ गराए । 

    समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकाल, उपसभामुख शिवमाया तुम्वाहाम्फे, संवैधानिक अङ्ग र सुरक्षा निकायका प्रमुख तथा  नेपाल सरकारका विशिष्ट श्रेणीका पदाधिकारीको उपस्थिति थियो ।

  • कमेन्ट गर्नुहोस्