• निर्मला पन्त हत्या प्रकरण : डिएसपि जिसी अदालतमा उपस्थित

  • भीमदत्तनगर, चैत ११ : निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिकन्याय र यातनाविरूद्ध कसुर मुद्दामा प्रहरीको केन्द्रीय ब्यूरो (सिआइबी) का प्रहरीनायब उपरीक्षक अङ्गुर जिसी आज अदालतमा उपस्थित भएका छन् ।

    जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका जिसीको बयान आजदेखि सुरू भएको स्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए । बयान सकिएपछि थुनचेक बहस हुनेछ । यसअघि गत मङ्गलबार अदालतमा उपस्थित भएका पूर्वप्रहरी उपरीक्षक डिल्लीराज विष्ट दुवै मुद्दामा १० लाख ५० हजार रूपैयाँ धरौटी बुझाएर आइतबार रिहा भएका थिए ।

    उक्त प्रकरणमा विष्टसहित प्रहरी कर्मचारीविरूद्ध निर्मलाकी आमा दुर्गादेवीले सार्वजनिक न्यायविरुद्धको कसुर र भीमदत्तनगरपालिका–१९ बागफाँटाका दिलीपसिंह विष्टका दाजु खड्कले यातनाविरूद्धको कसुरमा गत पुसको पहिलो साता उजुरी दिएका थिए । अदालतले गत फागुन २६ गते उपस्थित हुन विष्ट र जिसीलाई ३५ दिने सूचना जारी गरेको थियो । 

  • कमेन्ट गर्नुहोस्

  • Skip this ad