• मोदीले नागरिकको मन जित्न नसकेको प्रियंकाको आरोप

    तस्बिर सौजन्य : Flickr
  • अयोध्या, चैत १६ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वभरका मान्छेलाई अँगालो हाल्दै हिँडेपनि आफ्नैलाई नजिक राख्न नसकेको भारतीय राष्ट्रिय काँग्रेसकी महासचिव प्रियंका गान्धी भद्राले आरोप लगाएकी छिन् ।

    “प्रधानमन्त्री मोदीले अमेरिका, जापान, चीन लगायत थुप्रै देशका मानिस अँगालो हाले, तर आफ्नै देशका मानिसको मन जित्न सकेका छैनन्,” अयोध्यामा आयोजित चुनावी सभामा प्रियंकाले भनिन् ।

    प्रधानमन्त्री मोदी ‘आफ्नै निर्वाचन क्षेत्र वाराणासीमा नगएको भन्ने गुनासो’ सुन्दा आश्चर्य लागेको पनि उनले बताइन् ।

    “प्रधानमन्त्री आफ्नै निर्वाचन क्षेत्रको गाउँमा आए कि आएनन् भनेर मैले वाराणासीका स्थानीय जनतालाई सोधेकी थिएँ । मैले उनी नआएको जवाफ पाँए,” उनले भनिन् ।

    महासचिव गान्धीले आफ्नो निर्वाचन क्षेत्रलाई प्रधानमन्त्रीले वेवास्ता गरेको आरोप र क्षेत्रका लागि केही नगरेको आरोप लगाइन् ।

    भारतीय जनता पार्टी (भाजपा) गरिबको “चौकिदार” नभएको आरोप लगाइन् ।

    मोदी नेतृत्वको सरकार “किसानको विरूद्धमा, जनताको विरूद्धमा” रहेको र धनीलाई झन् धनी बनाउन केन्द्रित भएको काँग्रेस महासचिव गान्धीको भनाई छ ।

    भारतमा लोकसभा निर्वाचनका लागि मतदान गर्ने दिन नजिकिदै गर्दा प्रतिस्पर्धी दलहरूबीच आरोप प्रत्यारोप लगाउने क्रम बढ्दै गएको छ । अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा हुन लागेको निर्वाचनमा सत्तारूढ दल भाजपा र प्रमुख प्रतिपक्षी दल भारतीय काँग्रेसको कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

  • कमेन्ट गर्नुहोस्