• विस्फोटमा परी तीनको मृत्यु, अनुसन्धान जारी

    काठमाडौँको घट्टेकुलोमा आइतबार दिउँसो विस्फोट भएपछि घटनास्थलको अनुसन्धान गर्न घट्टेकुलो पुगेका सुरक्षाकर्मी । तस्बिरः नारायण ढुङ्गाना, रासस

  • काठमाडौं, १२ जेठ १२ : काठमाडौँमा आज साँझ भएको विस्फोटनमा परी तीन जनाको निधन भएको छ । घट्टेकुलोको सङ्गम गल्लीमा भएको सिलिण्डर विस्फोटमा परेर २६ वर्षीय रबिन केसीको मृत्यु भएको हो । सो घटनामा परी थप एक जना घाइते भएका छन् । घाइतेलाई स्थानीयवासीले मोटरसाइकलमा राखेर वीर अस्पतालमा उपचारका लागि लगेका छन् ।

    घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । मृतक केसी विप्लव नेतृत्वको अखिल (क्रान्तिकारी) त्रिचन्द्र क्याम्पसका विद्यार्थी नेता रहेको अनुमान गरिएको छ । प्रत्यक्षदर्शी स्थानीयवासीका अनुसार बम विस्फोटबाट घरको गारो नै चर्किएको छ भने कोठामा भएको सामानमा समेत क्षति पुगेको छ । घटनास्थलमा थप विस्फोटक पदार्थ रहेको आशङ्कामा नेपाली सेनाको तालीमप्राप्त टोली परिचालन भएको छ ।

    प्रत्यक्षदर्शी शौरभ भट्टराईले ठूलो आवाजका साथ विस्फोट भएको र घरको गारोसमेत चर्किएको जानकारी दिए । विस्फोटमा परेर निधन भएका केसीको शरीर क्षतविक्षत भएको अवस्थामा सुरक्षाकर्मीले फेला पारेको थियो ।

  • कमेन्ट गर्नुहोस्