• प्रदर्शन: शनिबार सरकार विरूद्ध, आइतबार प्रहरीको समर्थनमा

  • प्रो-बेइजिङ क्याम्पले हिंसाको भर्त्सना र प्रहरीको समर्थनमा शनिबार दोश्रो र्‍याली गर्ने भएको छ । उनीहरूले तटस्थ रहेका स्थानीयवासीलाई परिचालन गर्ने भएका छन् । त्यसको भोलिपल्टै सरकार विरूद्ध अर्को प्रदर्शन हुँदैछ ।

    ‘सेफगार्ड हङकङ’ ‍र्‍यालीका आयोजकले हङकङले सामना गरिररहेको राजनीतिक संकटबाट राहत पाउन कार्यकारी प्रमुख क्यारी लाम चेङ युएत-ङोरलाई ‘अझै केही समय दिन’ आग्रह गरेको छ । उनीहरूले सिधै कार्यकारी प्रमुखको समर्थन गरेका छैनन् ।

    ‘मेरो विचारमा उनले धेरै सहेकी छिन् र अगाडिको बाटोबारे सोंचिरहेकी छिन्,’ केन्नेडी वोङ यीङ-होले बताए । पेशाले उनी वकिल हुन् । उनी र्‍यालीका सहआयोजक तथा चाइनिज पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सिपिपिसिसि) को सदस्य पनि हुन् ।

    र्‍यालीको घोषणाबीच मूलभूमि चिनियाँ पर्यटक विरूद्ध अर्को शनिबार हुङ होममा बेग्लै प्रदर्शन गर्ने तयारीमा रहेको एउटा सानो सामुदायिक समूहलाई प्रहरीले सोधपुछ गरेको छ । समूहलाई योजना र सुरक्षा प्रबन्ध सम्बन्धमा ३२ ओटा प्रश्न सोधिएका छन् । शा तीन र श्योङ शुइमा यसअघि भएका प्रदर्शनमा प्रदर्शनकारी र प्रहरी अधिकारीबीच हिंसात्मक झडप भएपछि ‘विस्तृत विश्लेषण’का लागि भन्दै समूहलाई प्रश्न सोधिएको हो ।

    सरकार विरूद्ध आइतबार र अर्को साता हुने प्रदर्शन योजनाबद्ध गतिविधीको श्रृङ्खला हो। वान चाइबाट सामाजिक कार्यकर्ताको मौन जुलुस एडमिराल्टीस्थित कार्यकारी प्रमुखको कार्यालय पुग्नेछ। त्यसैगरी आउते सप्ताहन्तहरूमा मोङ कोक, वेस्टर्न डिस्ट्रिक्ट र च्योङ क्वान ओमा प्रदर्शन हुनेछ ।

    प्रदर्शनकारीले हाल स्थगन गरिएको सुपुर्दगी विधेयकलाई पूर्ण रूपमा फिर्ता लिन कार्यकारी प्रमुखसँग माग गरेका छन् । लामले यसअघि नै उक्त विधेयक ‘मृत’ भएको बताइएकी छिन् ।

    बिहीबार प्रो-डेमोक्रेसी विधायक फर्नान्डो च्योङ चिउ-हुङले ‘प्राइभेट मेम्बर्स बिल’ फिर्ता लिए । सरकारले विधेयक नै ल्याउनुपर्ने हत्याको घटनामा न्याय खोज्न उनले सो विधेयक पेश गरेका थिए । गएको महिना बुझाइएको उनले प्रस्तावले विधेयकका विपक्षलाई अप्ठ्यारो पर्ने ‘नेटिजन’ले बताएका छन् । यसले मूलभूमि चीन र हङकङबीच कायम कानूनी पर्खाल भत्किने उनीहरूको तर्क छ ।

    प्रदर्शनपछि भड्किएको हिंसाको मुद्दा बिहीबार पनि चर्चाको मुख्य विषय बन्यो । आयोजकहरूले प्रदर्शनको क्रममा शान्ति र सुव्यवस्था कामय गर्ने प्रतिबद्धता जनाए । सयौं विद्यार्थी, पूर्व विद्यार्थी र कर्मचारी सहभागी मञ्चमा युनिभर्सिटी अफ हङकङका अध्यक्ष झाङ सियाङले पनि मुद्दाको सम्बोधन गर्नु पर्‍यो । उनीहरू झाङबाट रिसाएका थिए । जुलाई ३ मा व्यवस्थापिका परिषद् भवनमा तोडफोड हुँदा भड्किएको घटना भर्त्सना गर्दै झाङले एउटा वक्तव्य निकालेका थिए । लगत्तै प्रदर्शनकारीले आफूलाई मात्रै लक्षित गरिएको र प्रहरीलाई केही नभनेको गुनासो गरे । गत साताको स्पष्टीकरणमा ‘कुनै पनि पक्ष’ले गरेको हिंसाको विरोध गरेको झाङले प्रष्ट पारे । तर यसबाट युवा आलोचकको चित्त बुझेन । उनीहरूले प्रहरीलाई अत्यधिक बल प्रयोग गरेको आरोप लगाएका छन् ।

    बिहीबार गरिएको एउटा प्रेस सम्मेलनमा प्रो-डेमोक्रेसी पक्षका नेताहरूले पनि शहरमा भएका हिंसाको भर्त्सना गरे । शहरको विधायन र प्रशासकिय केन्द्र नजिकै तमार पार्कमा उनीहरूले गरेको र्‍याली शहरको स्थायीत्वको महत्व बुझाउन र त्यसको सुरक्षा गर्न आयोजना गरिएको बताए ।

    डेमोक्रेटिक अलायन्स फर द बेटरमेन्ट एन्ड प्रोग्रेस अफ हङकङ (डिएबि)की अध्यक्ष स्टार्री ली वाइ-किङले हिंसात्मक विरोध प्रदर्शनबाट आफूलाई टाढै राख्न सर्वसाधारणलाई आव्हान गरेकी छिन् ।

    ‘हामी शान्तिपूर्ण सभाको सम्मान गर्दछौं । हिंसा र अतिवादको हामी कडा विरोध गर्दछौं किनभने अन्तिममा हङकङले नै समस्या भोग्नुपर्छ,’ लीले भनिन् ।

    विरोध प्रदर्शनले सर्वसाधारण हङकङेलीको जीवविका प्रभावित भएको र्‍याली आयोजक वोङले बताए ।

    ‘हामी युवाहरूको उत्साहको कदर गर्दछौं तर हरेक समाजको आफ्नै मूलभूत मान्यता हुन्छ । हङकङका लागि त्यो विधिको शाषण हो,’ उनले बताए । प्रो-बेइजिङ र्‍यालीले लामको पक्षमा समर्थन जनाउन आव्हान गरेको छैन ।

    प्रहरीलाई समर्थन जनाउन जून ३० मात्यही पार्कमा सरकारका समर्थकहरू हजारौंको संख्यामा भेला भएपछि दंगा भड्किएको दंगाभड्किएको थियो । सुपुर्दगी विधेयक विरूद्ध प्रदर्शन गरिरहेका साना समूहसँग र्‍यालीकासहभागीको थुप्रै मुठभेड भएको थियो। प्रहरीको समर्थन गर्ने प्रदर्शनकारीले थुप्रैपटक पत्रकारलाई लक्ष्य बनाए। पोस्टका दुई जना महिला पत्रकारलाई अपशब्द प्रयोगगर्दै धम्की पनि दिए । त्यस विरूद्ध चारोटा सञ्चारगृहले त्यसको भर्त्सना गर्दै वक्तव्य जारी गरे ।

    र्‍यालीमा शान्ति र सुव्यवस्था कामय राख्न करिब हजार जना मार्शनको प्रबन्ध गरिने भए पनि अराजक गतिविधि नहुने ग्यारेन्टी गर्न नसक्ने उनले बताए ।

    ‘तमार पार्क खुला स्थान हो । त्यहाँ जो पनि जान सक्छ,’ उनले भने ।

  • कमेन्ट गर्नुहोस्