• अमेरिकी राष्ट्रपतिमा मिसेल ओबामाको “शुन्य सम्भावना”

    courtesy: flicker
  • अमेरिकाकी पूर्व प्रथम महिला मिचेल ओबामाले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने सम्भावना शुन्य रहेको स्पष्ट पारेकी छिन्।  

    मिसले ओबामाले उम्मेदवारी दिने चर्चा चलिरहेका बेला आफू त्यस प्रतिस्पर्धामा नरहेको प्रष्ट पारेकी हुन् । देशको सेवा गर्ने अन्य धेरै बाटो भएकोले राष्ट्रपति नै बन्नु पर्ने चाहना नभएको ओबामाले बताइन्।

    “त्यस विषयमा मेरो शुन्य सम्भावना रहेको छ,” राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने विषयमा सोधिएको प्रश्नमा उनले बताइन्। 

    ‌ओबामाले युवा र स्वस्थ जीवनका लागि धेरै परिवारलाई सहयोग गर्न चाहेको बताइन्।

    आफूलाई राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिन पटक पटक आग्रह भइरहेको उनले जानकारी दिइन्। हालै मात्र अमेरिकी चलचित्र निर्माता माइकल मुरले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विस्थापित गर्न मिचेल ओबामाले मात्रै सक्ने बताएका थिए।

    उनको टिप्पणीसँगै राष्ट्रपतिका लागि मिचेल ओबामाको उम्मेदवारीको चर्चा चुलिएको हो ।

  • कमेन्ट गर्नुहोस्