• श्रृङ्खलाको नेतृत्वमा सुनिता र दिपेन्द्र

    नवसंयोजक गिरी र सह-संयोजक राई । तस्बिर: टीबी याक्खा ।
  •  

    १८ अगष्ट । हङकङ साहित्यिक साझा श्रृंखलाको संयोजकमा सुनिता गिरी र सह–संयोजकमा दिपेन्द्र राई चयन भएका छन् । आठौं वार्षिकोत्सवसंगै नेतृत्व परिवर्तन भएको हो ।

    श्रृंखलाका संयोजक डी.बी. पालुङवाको अध्यक्षता र साहित्यकार तथा संस्कृति अनुसन्धाता अतीत मुखियाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्थानीय नेपाली भाषा तथा साहित्यको विकासमा विशेष योगदान पुर्याउने व्यक्तित्वहरुलाई एक हजार एक सय एघार हङकङ डलर नगद पुरस्कार सहित ताम्रपत्रद्वारा सम्मान गरिएको थियो ।

    यसरी सम्मानित हुनेहरुमा नेपाली भाषा तथा साहित्य सेवा पुरस्कार– अतीत मुखिया, स्रष्टा र सृजना पुरस्कार– ‘माइत जाने बाटो’का सर्जक सुनिता गिरी र ‘टाँकीका फूलहरु’का सर्जक दाजु गुरुङ, नेपाली भाषा साहित्य र चित्रकारिता पुरस्कार– दिपेन्द्र राई तथा नवप्रतिभा पुरस्कार– इक्सा लिम्बू र जस्मिना दुरा रहेका छन् ।

    गैर-आवासीय नेपाली संघकी अध्यक्ष राधिका गुरुङ (बायाँ) पुरस्कार प्रदान गर्ने क्रममा । तस्बिर: टीबी याक्खा ।

    एक दर्जन बढी साहित्यकारहरुद्वारा सृजनाहरुसमेत वाचन गरिएको कार्यक्रममा विभिन्न साहित्यिक व्यक्तित्व, पत्रकार तथा आर्थिक सहयोगदाताहरुलाई मायाको चिनो तथा प्रशंशापत्र प्रदान गरिएको थियो ।

    जोर्डनस्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसको हलमा आयोजित कार्यक्रममा नेपालका अतिथि साहित्यकार भावेस भुमरी, नेपाली भाषा तथा साहित्य परिषद हङकङका अध्यक्ष किसन राई, नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्बाहाम्फे, विश्व नेपाली साहित्य महासंघ हङकङका अध्यक्ष चन्द्र मादेन ‘आन्छन’ गैर–आवासीय नेपाली संघ हङकङकी अध्यक्ष राधिका गुरुङ लगायतले शुभकामना मन्तव्य गरेका थिए ।

    श्रृङ्खला विगत ८ वर्षदेखि महिनाको अन्तिम आइतबार साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मानमा गर्दै नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि क्रियाशील रहेको छ ।

  • कमेन्ट गर्नुहोस्