• कोरोना कहरबीच साहित्य श्रृंखला

  •  

    जुन २८ । मासिक रुपमा सम्पन्न हुने हङकङ साहित्यिक साझा शृङ्खलाले चार महिनापछि निरन्तरता पाएको छ । महामारी कोरोनाको कारण सार्वजनिक कार्यक्रममा रोक लागेसंगै मार्चदेखि कार्यक्रम स्थगित रहेको थियो ।

    कोराना कहर विशेष सृजना वाचन तथा समीक्षा गर्दै शृङ्खलाको ९५औं संस्करण नयाँपेजको कार्यालय जोर्डनमा सम्पन्न भएको छ । कार्यक्रममा संयोजक सुनिता गिरी, लालबहादुर गुरुङ, पूर्णिमा शाह, रमण गुरुङ, टी.बी. याक्खा, बिसु सम, गीता अधिकारी, आर्यन भण्डारी लगायतले आफ्ना सृजनाहरु वाचन गरेका थिए भने दाजु गुरुङ, बज्रकुुमार राई र नरेन्द्र गुरुङले सृजना वाचनसंगै वाचित सृजनामाथि समीक्षात्मक भनाई राखेका थिए ।

    हङकङको परिस्थिति सामान्य बन्दै गएकाले कार्यक्रमलाई निरन्तरता दिइएको बताउँदै संयोजक गिरीले १००औं संस्करणमा विमोचन गर्ने गरी ‘श्रृंखला भाग–५’ रचना संग्रह प्रकाशन हुने जानकारी गराएकी थिइन् । सोही अवसरमा उनले कार्यक्रम सफल बनाउँन सम्पूर्णमा सहयोगका लागि आग्रह गरिन् ।

    सह–संयोजक दिपेन्द्र राईद्वारा संचालन गरिएको औपचारिक कार्यक्रम पश्चात असार पन्ध्र (दही च्युरा खाने) पर्व मनाइएको थियो ।

    नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत ८ वर्षदेखि प्रत्येक महिनाको अन्तिम आइतबार साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा पुरस्कार वितरणसहित हङकङ साहित्यिक साझा शृङ्खला हुने गरेको छ ।

  • कमेन्ट गर्नुहोस्