• रोग प्रतिरोधात्मक प्रणालीका लागि बजेटमैत्री उपाय

  •  

    स्वास्थ्य र रोग प्रतिरोधात्मक प्रणालीको कार्यसम्पादनका लागि सन्तुलित पोषण महत्वपूर्ण छ । तर यसका लागि महँगा ‘सुपरफुड’ वा जैविक खाना नै किन्नुपर्छ भन्ने छैन । थप खर्च नगरी स्वस्थ परिकार बनाउनका लागि यहाँ केही टिप्स प्रस्तुत गरिएको छ ।

    मासुको विकल्प
    तोफू, सुकाएको बोडी लगायतका खाद्य पदार्थ प्रोटिन र मासुको विकल्प हो । ताजा मासुको तुलनामा यी विकल्प निकै सस्ता हुन्छन् । तर, बोसो र सोडियमको मात्रा घटाउनलाई तारेको सोयाबिन खानु हुँदैन ।

    फ्रोजन सामग्री
    फ्रोजन सामग्रीले ताजाजस्तै पोषण दिन्छ । यो सस्तो र लामो समयसम्म राख्न पनि सकिन्छ । काटेर राखिएका विभिन्न प्रकारका तरकारीमा फाइबर पाइन्छ । फ्रोजन फिस फिले सफा गरिएको हुन्छ । काँडा पनि निकालिएको हुन्छ । त्यसैले पछि प्रयोग गर्नलाई फ्रिजमा राख्न मिल्छ ।

    स्वस्थ परिकार पकाउने
    प्याज, सेलेरी र गाँजर फाइबरको स्रोत हो । फाइबर, भिटामिन र खनिजको दैनिक आवश्यक मात्रा पुर्याउन सहयोग गर्छ । कुखुरालगायत विभिन्न प्रकारका मासुसँग मिसाएर परिकार तयार गर्न सकिन्छ । तयारी करी सस र कोकोनट क्रिमको साटो करी पाउडर र लो फ्याट दुध प्रयोग गरी घरमै विभिन्न परिकार बनाउन सकिन्छ । यसले स्याचुरेटेड बोसो र सोडियमको खपत घटाउन सहयोग गर्दछ ।

    डिपार्टमेन्ट अफ हेल्थको मधुमेह अनुकूल परिकारबाट छनोट गरिएको बजेटमैत्री ‘इटस्मार्ट डिसेस’ को सहयोगबाट यी लक्ष्य पूरा गर्न सकिन्छ ।

    https://www.fhb.gov.hk/pho/english/resource/diabetes-friendly_recipes.html

    मा अंग्रेजी, थाइ र इन्डोनेसियाली भाषामा विभिन्न परिकार बनाउने तरिका प्रस्तुत गरिएको छ ।

     

    बिन कर्ड स्टिक्स विथ चाइनिज ब्ल्याक मशरूम एन्ड ग्रिन बिन्स (चार जनाका लागि)

    आवश्यक सामग्री
    सुकाइएको बिन कर्ड स्टिक्स: साढे तीनवटा टुक्रा (झण्डै ९० ग्राम)
    चाइनिज ब्ल्याक मशरूम (सुकाइएको): तीन टुक्रा (झण्डै १२ ग्राम)
    ग्रिन बिन्स (हरियो सिमी): ८० ग्राम
    गाँजर: आधा (झण्डै ७५ ग्राम)
    वनस्पति तेल*: ३ चियाचम्चा
    *जस्तै; बदामको तेल, क्यानोलाको तेल, मकैको तेल आदि

    सिजनिङ
    नून: आधा चियाचम्चा
    सोया सस: एक चियाचम्चा
    तिलको तेल: एक चियाचम्चा
    चिनी: एक चियाचम्चा
    पानी: दुई तिहाइ कप (१६० मिलिलिटर)

    बाक्लोपनका लागि
    कोर्नस्टार्च: डेढ चियाचम्चा
    पानी: दुई चियाचम्चा

    विधि
    १. बिन कर्ड स्टिक्सलाई भिजाएर काट्नुहोस् । त्यसको गाँठो बनाउनुहोस् । च्याउलाई भिजाउनुहोस् र काट्नुहोस् ।
    २. हरियो सिमीलाई पखालेर काट्नुहोस् । गाँजरको बोक्रा ताछेर भिजाउनुहोस् र काट्नुहोस् ।
    ३. नन स्टिक वोकरप्यानमा तेल तताउनुहोस् । च्याउ, सिमी र गाँजरलाई स्टिर फ्राइ गर्नुहोस् । सिजनिङ सस र बिन कर्ड राखेर चलाउनुहोस् र उमाल्नुहोस् । छोपेर पकाउनुहोस् । बाक्लोपनका लागि बनाइएको सस राखेर चलाउनुहोस् ।

    पौष्टिक विश्लेषण (प्रति भाग)
    उर्जा (किलोक्यालोरी): १६७
    कार्बाेहाइड्रेट (ग्राम): ११
    प्रोटिन (ग्राम): १२
    बोसो (ग्राम): ८
    कोलेस्टेरोल (मिलिग्राम): ०
    फाइबर (ग्राम): १.५
    सोडियम (मिलिग्राम): ६८५

     

    पोर्क एन्ड भेजिटेबल स्टु (चारजनाका लागि)

    आवश्यक सामग्री
    लिन पोर्क: आधा क्याट्टी (३२० ग्राम)
    प्याज: आधा (अन्दाजी १७० ग्राम)
    गाँजर: आधा (अन्दाजी ७५ ग्राम)
    सेलेरी: करिब ९० ग्राम
    आलु: एउटा (अन्दाजी १५० ग्राम)
    क्यानमा राखिएको भेजिटेबल जुस:  एक कप (२४० मिलिलिटर)
    कोर्नस्टार्च: एक चियाचम्चा
    वनस्पति तेल*:  डेढ चियाचम्चा
    नून: आधा चियाचम्चा
    पानी: एक कप (२४० मिलिलिटर)
    *जस्तै; बदामको तेल, क्यानोलाको तेल, मकैको तेल आदि

    विधि
    १. सुँगुरको मासुलाई पखालेर सानो टुक्रा बनाउनुहोस् । कोर्नस्टार्चमा मरिनेट गर्नुहोस् ।
    २. गाँजर, प्याज र आलुलाई पखालेर, ताछेर सानो टुक्रा बनाउनुहोस् । सेलेरी धोएर सानो टुक्रा बनाउनुहोस् ।
    ३. गोल्डेन ब्राउन भएसम्म सुँगुरको मासुलाई नन स्टिक प्यानमा स्टिर फ्राइ गर्नुहोस् । त्यसपछि प्याज राख्नुहोस् र तीन मिनेटसम्म स्टिर फ्राइ गर्नुहोस् ।
    ४. त्यसपछि मासु, प्याज, गाँजर, भेजिटेबल जुस र पानीलाई ठूलो भाँडोमा राख्नुहोस् र उमाल्नुहोस् । छोपेर सानो आगोमा करिब ३० मिनेट विस्तारै पकाउनुहोस् । आवश्यक परे पानी थप्नुहोस् ।
    ५. आलु र सेलेरी राख्नुहोस् र एक घण्टा वा मासु नरम नभएसम्म अझै पकाउनुहोस् । स्वाद अनुसार नुन राख्नुहोस् ।

    पौष्टिक विश्लेषण (प्रति भाग)
    उर्जा (किलोक्यालोरी): १९५
    कार्बाेहाइड्रेट (ग्राम): १५
    प्रोटिन (ग्राम): १९
    बोसो (ग्राम): ६
    कोलेस्टेरोल (मिलिग्राम): ४७
    फाइबर (ग्राम): २.४
    सोडियम (मिलिग्राम): ४६८

     

    प्यान फ्राइड फिश विथ क्यारोट एन्ड जुकिनी (चारजनाका लागि)

    आवश्यक सामग्री
    फिश फिले: २४० ग्राम
    गाँजर: आधा (अन्दाजी ७५ ग्राम)
    जुकिनी: आधा (अन्दाजी ७५ ग्राम)
    लसुन मसिनो काटेको: एक चियाचम्चा
    अदुवा: चार टुक्रा
    वनस्पति तेल*: तीन चियाचम्चा
    *जस्तै; बदामको तेल, क्यानोलाको तेल, मकैको तेल आदि

    फिश फिलेटलाई मरिनेट
    नून: ¼ चियाचम्चा
    कोर्नस्टार्च: ½ चियाचम्चा
    शाओसिङ वाइन: ½ चियाचम्चा
    व्हाइट पेप्पर: एक चिम्टी

    सिजनिङ
    सोया सस: दुई चियाचम्चा
    चिनी: एक चियाचम्चा
    कोर्नस्टार्च: एक चियाचम्चा
    शाओसिङ वाइन: साढे दुई चियाचम्चा
    पानी: तीन चियाचम्चा

    विधि
    १. माछालाई पखाल्नुहोस् र ३० मिनेट मेरिनेट गर्नुहोस् । गाँजर ताछेर पखाल्नुहोस् र टुक्रा पार्नुहोस् । जुकिनीलाई पखालेर टुक्रा बनाउनुहोस् ।
    २. नन स्टिक प्यानमा दुई चियाचम्चा तेल राखेर तताउनुहोस् । पहिले गाँजरका टुक्रा र पछि जुकिनीलाई नरम नभएसम्म स्टिर फ्राइ गर्नुहोस् । त्यसपछि निकालेर एकातिर राख्नुहोस् ।
    ३. प्यान सफा गर्नुहोस् । बाँकी तेल राखेर लसुन र अदुवा फ्राइ गर्नुहोस् । माछा राख्नुहोस् । दुवैतिर गोल्डेन ब्राउन नभएसम्म फ्राइ गर्नुहोस् । सिजनिङ राख्नुहोस् र सस उमाल्नुहोस् ।
    ४. माछालाई गाँजर र जुकिनीमाथि राख्नुहोस् । त्यसमाथि सस राख्नुहोस् ।

    पौष्टिक विश्लेषण (प्रति भाग)
    उर्जा (किलोक्यालोरी): ११८
    कार्बाेहाइड्रेट (ग्राम): ५
    प्रोटिन (ग्राम): १२
    बोसो (ग्राम): ४
    कोलेस्टेरोल (मिलिग्राम): ३०
    फाइबर (ग्राम): ०.८
    सोडियम (मिलिग्राम): ४०५

     

    लेट्युस र्याप विथ फिल्ड ग्रिन्स (चारजनाका लागि)

    सामग्री
    सुकाएको तोफु:  दुई सय ग्राम
    फ्रोजन मिक्स्ड भेजिटेबल: आधा कप
    सुकाएको चाइनिज ब्ल्याक मशरूम: आठ ओटा (अन्दाजी १६ ग्राम)
    वाटर चेस्टनट्स (बोक्रा ताछेर): चार ओटा (अन्दाजी ७० ग्राम)
    लेट्युसका पात: आठ ओटा (अन्दाजी ६० ग्राम)
    वनस्पति तेल*: तीन चियाचम्चा
    *जस्तै; बदामको तेल, क्यानोलाको तेल, मकैको तेल आदि

    सिजनिङ
    नून; आधा चियाचम्चा
    चिनी: आधा चियाचम्चा
    डार्क सोया सस: दुई चियाचम्चा
    व्हाइट पेप्पर: एक चिम्टी
    शाओसिङ वाइन: दुई चियाचम्चा
    बाक्लोपनका लागि कोर्नस्टार्च: दुई चियाचम्चा
    पानी: तीन चियाचम्चा

    विधि
    १. चाइनिज ब्ल्याक मशरूमलाई भिजाएर सानो–सानो टुक्रा बनाउनुहोस् । वाटर चेस्टनटको बोक्रा ताछेर धुनुहोस् र टुक्रा बनाउनुहोस् । सुकाएको तोफुलाई धोएर सानो टुक्रा बनाउनुहोस् ।
    २. फ्रोजन मिक्स्ड भेजिटेबललाई धारामा राखेर डिफ्रोस्ट गर्नुहोस् ।
    ३. लेट्युसका पात धुनुहोस् । एकातिर राख्नुहोस् ।
    ४. नन स्टिक प्यानमा तेल तताउनुहोस् । सबै सामग्रीलाई स्टिर फ्राइ गर्नुहोस् । सिजनिङ राखेर सबै सामग्री राम्ररी पकाउनुहोस् । बाक्लोपनका लागि बनाइएको सस राख्नुहोस् । अब परिकार भयो ।

    पौष्टिक विश्लेषण (प्रति भाग)
    उर्जा (किलोक्यालोरी): १६४
    कार्बाेहाइड्रेट (ग्राम): १४
    प्रोटिन (ग्राम): १०
    बोसो (ग्राम): ८
    कोलेस्टेरोल (मिलिग्राम): ०
    फाइबर (ग्राम): २.९
    सोडियम (मिलिग्राम): ४८२

     

    चिकन करी विथ एगप्लान्ट्स (चार जनाका लागि)

    आवश्यक सामग्री
    चिकन ड्रमस्टिक: दुई पिस (अन्दाजी ३२० ग्राम)
    थाइ ग्रिन एगप्लान्ट: पाँच पिस (अन्दाजी १२० ग्राम)
    लसुन, मसिनो काटेको: पाँच पोटी
    लेमनग्रास, मसिनो काटेको: एउटा डाँठ
    रातो खुर्सानी: दुईवटा
    कोर्नस्टार्च: एक चियाचम्चा
    वनस्पति तेल*: तीन चियाचम्चा
    *जस्तै; बदामको तेल, क्यानोलाको तेल, मकैको तेल आदि

    करी सस
    करी पाउडर: दुई चियाचम्चा
    लो फ्याट दुई: एक कप (२४० मिलिलिटर)
    नून: तीन चौथाइ चियाचम्चा
    चिनी: एक चियाचम्चा
    पानी: आधा कप (१२० मिलिलिटर)

    विधि
    १. चिकन ड्रमस्टिक पखाल्नुहोस् । देखिने बोसो हटाउनुहोस् । सानो टुक्रा बनाउनुहोस् र कोर्नस्टार्चसँग मेरिनेट गर्नुहोस् ।
    २. एगप्लान्टलाई पखालेर चानो बनाउनुहोस् । रातो खुर्सानी पखाल्नुहोस् ।
    ३. करीसँग राम्ररी मिसाउनुहोस् र एकातिर राख्नुहोस् ।
    ४. नन स्टिक प्यानमा दुई चियाचम्चा तेल तताउनुहोस् । चिकन र एगप्लान्टलाई गोल्डेन ब्राउन नभएसम्म बेग्लाबेग्लै स्टिर फ्राइ गर्नुहोस् । निकालेर राख्नुहोस् ।
    ५. बाँकी तेल प्यानमा राख्नुहोस् र लसुन स्टिर फ्राइ गर्नुहोस् । त्यसमा करी सस राखेर राम्ररी मिसाउनुहोस् । त्यसपछि चिकन, एगप्लान्ट, लेमनग्रास र रातो खुर्सानी राख्नुहोस् । छोपेर करिब २० मिनेटसम्म मध्यम आँचमा पकाउनुहोस् । पस्किनुअघि बोसो अलग्गै झिक्नुहोस् ।

    पौष्टिक विश्लेषण (प्रति भाग)
    उर्जा (किलोक्यालोरी): १५१
    कार्बाेहाइड्रेट (ग्राम): ९
    प्रोटिन (ग्राम): १३
    बोसो (ग्राम): ७
    कोलेस्टेरोल (मिलिग्राम): ५५
    फाइबर (ग्राम): ०.७
    सोडियम (मिलिग्राम): ५३२

     

    मिक्स्ड भेजिटेबल एन्ड तोफु सुप (चार जनाका लागि)

    सामग्री
    सफ्ट तोफु: एक पिस
    अण्डा: एउटा
    फ्रोजन मिक्स्ड भेजिटेबल: आधा कप
    फिश फिले: १२० ग्राम
    पानी: ६ कप (१४४० मिलिलिटर)

    मेरिनेट
    शाओसिङ वाइन: एक चियाचम्चा
    व्हाइट पेप्पर: एक चिम्टी

    सिजनिङ
    नून: आधा चियाचम्चा
    व्हाइट पेप्पर: एक चिम्टी

    विधि
    १. फ्रोजन मिक्स्ड भेजिटेबललाई पखालेर डिफ्रोस्ट गर्नुहोस् । तोफु पखाल्नुहोस् र वर्गाकार काट्नुहोस् ।
    २. फिश फिले पखाल्नुहोस् र अलि सुख्खा राख्नुहोस् । वर्गाकार काटेर मेरिनेट गर्नुहोस् ।
    ३. अण्डा फिटेर एकातिर राख्नुहोस् ।
    ४. पानी उमाल्नुहोस् । मिक्स्ड भेजिटेबल राख्नुहोस् । उम्लिएपछि आँच सानो बनाउनुहोस् । तोफु र फिश फिले राख्नुहोस् । फिश फिले पाकेपछि विस्तारै अण्डा राख्नुहोस् । राम्ररी चलाउनुहोस् । स्वाद अनुसार सिजनिङ राख्नुहोस् ।

    पौष्टिक विश्लेषण (प्रति भाग)
    उर्जा (किलोक्यालोरी): १०४
    कार्बाेहाइड्रेट (ग्राम): ६
    प्रोटिन (ग्राम): १२
    बोसो (ग्राम): ४
    कोलेस्टेरोल (मिलिग्राम) ः ६१
    फाइबर (ग्राम): १.२
    सोडियम (मिलिग्राम): ३५१

    लेखकः कर्टस लो, पोषणविद्, हेल्थ प्रोमोसन ब्राञ्च, डिपार्टमेन्ट अफ हेल्थ

  • कमेन्ट गर्नुहोस्