• कोभिड–19 महामारीमा घरेलु कामदारका लागि काम र छुट्टीको प्रबन्ध

  •  

    कोभिड–19 महामारीले सारा संसार त्रस्त र तनावमा छौं । मे महिनामा कोरोनाभाइरसको प्रकोप केही कम भएकोले हङकङको सरकारी विभागले काम सुरू गर्न थालेको छ । अब विद्यालय पनि खुल्नेछन् । यो अवधीमा थुप्रै सामाजिक असमानता पनि देखा परे । कतिपय विपन्न समुदायले चुनौतीपूर्ण जीवन बाँचिरहेका छन् । तीमध्ये  घरेलु कामदार पनि पर्दछन् ।

    हालै मात्र एक मित्रसँग भेट भएको थियो । परिवारको रेखदेखका लागि उनले पनि एक जना  घरेलु कामदारलाई रोजगार दिएका छन् । कोभिड–19 को महामारीमा त्यस्ता  घरेलु कामदारको काम र विदाको प्रबन्धबारे उनले मलाई सोधेका थिए । हामीबीच भएको प्रश्नोत्तर यो स्तम्भमा राख्न चाहन्छु ।

    साथीः महामारीको समयमा छुट्टी (रेष्ट डे)मा घर बाहिर गएको कामदार भाइरसबाट संक्रमित कि भन्ने डरले रोजगारदाताले उसलाई कामबाट निकाल्नु गैरकानुनी हो कि होइन ?

    मः अपांगता भेदभाव अध्यादेश (डिसेबिलिटी डिस्क्रिमेनेसन अर्डिनेन्स-डीडीओ) अनुसार कामदारको अपांगताको आधारमा रोजगारदाताले पक्षपात गरे (जस्तैः कामबाट निकाल्ने) विभेदकारी र गैरकानूनी व्यवहार गरेको ठहर हुनेछ । यहाँ ध्यान दिनुपर्ने विषय के छ भने डीडीओको अपांगताको परिभाषाभित्र अपांगताको आरोप वा आशंकाको आधारमा गरिएको भेदभाव पनि पर्दछ । ‘आशंका वा आरोप लगाइएको अपांगता भनेकाे कुनै पनि व्यक्तिलाई नभएको अपांगताको आरोप लगाउनु हो । यसको अर्थ तपाईँले स्वस्थ  घरेलु कामदारलाई नोभेल कोरोनाभाइरस संक्रमण भएको आरोप लगाइर विभेद गर्नु पनि कानूनको उल्लङ्घन ठहरिनेछ ।

    डीडीओको दफा 61 अनुसार व्यक्तिको अपांगता सरूवा रोग भएमा र सार्वजनिक स्वास्थ्यको सुरक्षाका लागि विभेदकारी व्यवहार आवश्यक भएमा, त्यस्तो व्यवहारलाई गैरकानूनी मानिने छैन । यसो भनिरहदाँ त्यस्तो विभेदकारी व्यवहार वास्तवमै आवश्यक/उचित भएको सुनिश्चित गर्नुपर्छ ।

    सरकारले मार्चदेखि सामाजिक दुरी लागु गरेको छ । सार्वजनिक स्थलमा भेला हुने व्यक्तिको संख्या पनि सिमीत गरेको छ । यस्तो पृष्ठभूमिमा छुट्टीको दिन घरबाहिर गएकैले घरेलु कामदार कोरोनाभाइरस संक्रमित भएको अनुमानकै आधारमा रोजगारदाताले निज कामदारलाई कामबाट निकाल्नु गैरकानूनी हो । साथै, सार्वजनिक स्वास्थ्यको सुरक्षाको लागि निज कामदारलाई कामबाट निकाल्नु उपयुक्त र आवश्यक भएको ठोस प्रमाण पनि रोजगारदातासँग हुँदैन ।

    साथीः के रोजगारदातासँग आप्रवासी कामदारलाई काम नगर्न र छुट्टीको दिन घरबाट बाहिर नजान अनुरोध गर्ने अधिकार हुन्छ ?

    मः कोभिड–19 को संकटमा व्यक्तिगत स्वास्थ्य सुरक्षाका लागि छुट्टीको दिन पनि घरमै बस्न सरकारले घरेलु कामदारसँग अपिल गरेको थियो। उनीहरू घरबाहिर जाने वा समूहमा भेला भएर खाने लगायतका सामाजिक गतिविधिमा सहभागी हुनु हुँदैन । उनीहरुले भाइरसबाट सुरक्षित हुन र समुदायमा फेलिन नदिन उपयुक्त सामाजिक दुरी कायम राख्नुपर्छ ।

    तर छुट्टीको प्रबन्धबारे रोजगारदाता र कामदार दुवैको सहमति आवश्यक छ । छुट्टी हुने दिनबारे रोजगारदाताले  घरेलु कामदारसँग विशेष परिस्थितीबारे खुलाउनुपर्छ । दुवै पक्षले एक अर्काको परिस्थिति बुझ्नुपर्छ र सँगै मिलेर भाइरस विरूद्ध लड्नुपर्छ ।  घरेलु कामदारको मञ्जुरी नभइ छुट्टीको दिन पनि काम गर्न बाध्य बनाउने वा कामदारलाई छुट्टी नदिए रोजगारदाताले रोजगार अध्यादेश (इम्प्ल्वाइमेन्ट अर्डिनेन्स) उल्लङ्घन गरेको ठहर हुनेछ । यस्तोमा सम्बन्धित रोजगारदातालाई कानून अनुसार कारवाही हुनेछ ।

    यहाँ उल्लेख गरिएको जानकारीले कोभिड–19 महामारीको समयमा घरेलु कामदारको काम र छुट्टीको प्रबन्धबारे प्रष्ट हुन सहयोग पुर्याउनेछ भन्ने आशा गरेको छु ।

    महामारीको अवधिमा भेदभावविरोधी अध्यादेशहरु विभिन्न परिस्थितिमा कसरी लागू हुन्छन् भनी प्रष्ट्याउनका लागि ईओसीले कोभिड–19 बारे विषयगत वेबसाइट बनाएको छ । सो वेबसाइटमा ईओसीले महामारी सम्बन्धी जारी गरेको प्रेस वक्तव्य र लेख, रेडियो अन्तर्वार्ता र गैरसरकारी संस्थाले उपलब्ध गराएको सेवाबारे जानकारी राखिएको छ ।

    कृपया वेबसाइट हेरेर सम्बन्धित जानकारी लिनुहोस् ।
    कोभिड–19 व्यवस्थापन गर्नुपर्ने यो चुनौतीपूर्ण समयमा हामी एकजुट हुनुपर्छ र सबैलाई सम्मानजनक व्यवहार गर्नुपर्छ । विभेद र पूर्वाग्रह उन्मूलन गर्ने यो एकमात्र तरिका हो ।

     

    (यो लेख एएम७३०को वेबसाइटमा १४ मे २०२० मा चिनियाँ भाषामा प्रकाशित भएको थियो ।)
    http://www.eoc.org. hk/eoc/graphicsfolder/chairpersonsperspectives.aspx

    नोटः वैदेिशक घरेलु कामदार र उनीहरूका रोजगारदाताका लागि कोभिड-19 तथा अपांगता भेदभाव अध्यादेश सम्बन्धी प्रायः सोधिने प्रश्नहरू हाम्रो वेबसाइटमा अपलोड गरिएको छ ।

    https://www.eoc.org.hk/eoc/GraphicsFolder/showcontent.aspx?content=COVID-19%20and%20Discrimination#content6

    लिङ्ग, जात, अपांगता, गर्भवती महिला, पारिवारिक अवस्था वा वैवाहिक स्थितीको आधारमा विभेद वा दुव्र्यवहार भए, हामीलाई सम्पर्क गर्नुहोस् ।

     

    समान अवसर आयोग (इक्वाल अपच्र्युनिटिज कमिसन) 
    हटलाइनः 2511 8211
    फ्याक्सः 2511 8142
    इमेलः  eoc@eoc.org.hk
    एसएमएस सोधपुछ सेवाः 6972566616538
    (सुन्न र बोल्न समस्या भएका व्यक्तिका लागि)
    ठेगानाः 16/F, 41 Heung Yip Road, Wong Chuk Hang, Hong Kong

    (उपलब्धताका आधारमा अनुवाद सेवा पनि प्रबन्ध गर्न सकिन्छ ।)

     

    रिक्की चु मान किन
    अध्यक्ष, इक्वाल अपच्र्युनिटिज कमिसन (ईओसी)

  • कमेन्ट गर्नुहोस्