• राष्ट्रिय सुरक्षा कानूनको दोश्रो महिना

  •  

    हङकङमा नयाँ राष्ट्रिय सुरक्षा कानून लागु भएको दुई महिना भयो। जून ३० देखि बेईजिङले लागु गरेको यो कानूनको परकम्प अझै अनुभव गर्न सकिन्छ ।

    स्थानीय र केन्द्र सरकारले जनाए अनुसार कानून लागु भएदेखि दोश्रो महिनासम्म परेको प्रभाव :

    थप देशसँग सुपुर्दगी सन्धी स्थगित

    फाइभ आइज अलायन्सबाट अष्ट्रेलिया‚ क्यानडा‚ न्यूजिल्यान्ड र बेलायत‚ र जर्मनीले हङकङसँग भगोडा सुपुर्दगी सम्झौता स्थगित गरेको एक महिनापछि फ्रान्सले पनि अगष्टको शुरूमा त्यस्तै घोषणा गर्‍यो । दुई सातापछि अगष्ट १९ मा अमेरिकालगायत फाइभ आइज अलायन्सका अन्य देशले शहरसँग गरिएको सुपुर्दसहित सजाय फैसला गरिएका अपराधीको स्थानान्तर र शिप्पिङ उद्योगका लागि पारस्परिक कर छुटसम्बन्धी अन्य दुई द्विपक्षीइ सम्झौता पनि स्थगित गरे ।

    आन्तरिक मामिलामा हस्तक्षेप नगर्न बेईजिङले फ्रान्सलाई चेतावनी दिएको थियो। अमेरिकाले सम्झौताहरू स्थगन गर्दा हङकङलाई जत्तिकै घाटा हुने बताएको थियो। त्यसयता केन्द्र सरकारले ती देशसँग हङकङले गरेको सुपुर्दगी सम्झौता पनि स्थगन गरेको छ ।

    एक‑अर्कालाई प्रतिबन्ध लगाउँदै वाशिङ्टन र बेईजिङ

    राष्ट्रिय सुरक्षा कानून लागु गर्न वा शहरमा दमन गर्न भूमिका खेलेको भन्दै अगष्टमा ७ मा अमेरिकाले हङकङ र चीनका ११ जना अधिकारीलाई प्रतिबन्ध गर्‍यो। प्रतिबन्ध अधिकारीको सूचिमा कार्यकारी प्रमुख‚ सुरक्षा र न्यायका प्रमुख लगायत राखिएका छन् । उनीहरूले अमेरिकामा भएको सम्पत्ति रोक्का गर्नुका साथै अमेरिकी व्यवसायलाई उनीहरूसँग कारोबार गर्न पनि निषेध गरिएको छ। स्थानीय समिति र बेईजिङले सञ्चालनमा ल्याएको हङकङस्थित नयाँ कार्यालयका अधिकारी पनि प्रभावित भए ।

    चीनले पनि केहि दिनपछि फ्लोरिडाका सिनेटर मार्को रूबिओलगायत ११ अमेरिकीलाई प्रतिबन्ध लगायो। रूबिओ हङकङका मुद्दाबारे निकै बोल्ने गर्छन्। प्रतिबन्धले क्रेडिट कार्डको प्रयोगमा प्रतिबन्धलगायत केहि व्यक्तिगत कठिनाइ भएको कार्यकारी प्रमुख क्यारी लामले बताइन् । तर यसबाट विचलित नहुने र बेईजिङले आफूलाई गरेको विश्वास सम्मानको विषय भएको उनले बताइन् ।

    अमेरिकी कन्सुलेटद्वारा राष्ट्रिय सुरक्षा कानूनको आलोचना

    अगष्ट ८ मा हङकङस्थित अमेरिकी कन्सुलेटले कठोर राष्ट्रिय सुरक्षा कानूनको गम्भीर प्रभाव हुने भन्दै एउटा वक्तव्य निकालेको थियो। विपक्षी दलका स्थानीय नेतासँग साँठगाँठ गरेको भन्ने बेईजिङ निकट सञ्चार माध्यमको समाचारलाई कन्सुलेटले निकै खरो जवाफ फर्काएको थियो ।

    कन्सुलेटका प्रमुख ह्यान्स्कम स्मिथले सिभिक पार्टीका अध्यक्ष एलन ल्योङ काह‑कित र पार्टी नेता एल्भिन योङ ङोक‑किउसँग भेट गरेको जनाएको छ। एल्भिन योङलाई व्यवस्थापितका परिषद्को निर्वाचनमा उठ्नबाट प्रतिबन्ध गरिएको छ। वक्तव्यमा सञ्चारमाध्यमको त्यस्तो प्रतिक्रिया व्यर्थ भएको र राजनीतिक वृत्तका विभिन्न व्यक्तिसँग भेट गर्नु कन्सुलरका अधिकारीको काम भएको बताइएको छ ।

    एप्पल डेलीका संस्थापक पक्राउ‚ समाचारपत्रमा छापा

    अमेरिकाले प्रतिबन्ध घोषणा गरेको तीन दिनपछि हङकङ प्रहरीले केहि उच्च पदस्थ व्यक्ति पक्राउ गरेको छ। राष्ट्रिय सुरक्षा कानून लागु भएपछि एप्पल डेलीका संस्थापक जिम्मी लाई ची‑यीङ‚ उनका दई छोरा‚ चार सहकर्मी‚ र एग्नेस चाउ तिङलगायत तीन अभियन्ता गिरफ्तार गरिए ।

    प्रहरीले लाई र अन्य पाँच जनालाई विदेशी शक्तिसँग साँठगाँठ गर्न षडयन्त्र गरेको आरोप लगाएको छ। यसका लागि प्रतिबन्ध गराउनलाई एउटा क्राउडफन्डिङ वेबसाइट प्रयोग गरिएको भनिएको छ। बाँकी चार जनालाई व्यावसायिक ठगी गरेको आरोप छ। सबैलाई धरौटीमा रिहा गरिएको छ ।

    अगष्ट १० मा गिरफ्तारकै अंशका रूपमा दुई सयभन्दा धेरै प्रहरी अधिकारीले च्योङ क्वान‑ओस्थित ट्याब्लोइड‑शैलीको समाचारपत्रको कार्यालयमा छापा मारे ।

    प्रहरीले सम्पादकीय काममा कुनै हस्तक्षेप नगरेको जनाएको छ । तर जफत गरिएका केहि दस्तावेज प्रहरीले नहेरोस् भनेर निषेधाज्ञाका लागि समाचारपत्रले आवेदन दिएको छ ।

    प्रहरीको खोजीमा रहेका अभियन्ता संलग्न कार्यक्रम सार्वजनिक प्रसारकले बन्द गरे

    आरटिएचकेले निर्वाचन बहस कार्यक्रम शुरू गर्‍यो। नयाँ कानून अनुसार शहरको प्रेस स्वतन्त्रता के हुन्छ भनेर अभियन्ता नेथन ल क्वुन‑चुङ एउटा कार्यक्रममा सहभागी थिए । नयाँ कानून अनुसार लको खोजी भइरहेको जानकारी भएपछि अगष्ट १३ मा कार्यक्रमको अंश हटाउने आरटिएचकेले जनायो ।

    “राष्ट्रिय सुरक्षा कानून नयाँ विधायन हो। सावधानीपूर्वक काम गर्नुपर्५‚” आरटिएचकेका प्रवक्ताले भने ।

    ल हाल लन्डनमा आफैं निर्वासनमा छन्। निर्वाचन पछि सारिएकोबारे उनले १० मिनेट विचार राखेका थिए ।

    डाटाका लागि अनुरोध आएपछि इन्टरनेटमा ठूला कम्पनीले हङकङसँग सहकार्य स्थगन गरे

    नयाँ कानूनले प्रहरीलाई प्रयोगकर्ताको जानकारी लिने र सामग्री हटाउन सक्ने शक्ति दिएको छ । यहि कारणले प्रविधी र सामाजिक सञ्जालका थुप्रै ठूला कम्पनीले हङकङका अधिकारीसँग सहकार्य स्थगन गरेका छन् ।

    सूचना उपलब्ध गराउने अनुरोध आएपछि गुगलले अगष्ट १५ मा हङकङ प्रहरीसँग सम्बन्ध तोड्यो । प्रयोगकर्तासम्बन्धी जानकारी पाउने थप माग गर्न कुटनीतिक प्रक्रिया अघि सार्नुपर्ने कम्पनीले जनाएको छ। गुगलले म्युचुअल लिगल असिस्टेन्स ट्रिटी उद्धृत गरेको हो। हङकङ र अमेरिकाका अधिकारी यहि औपचारिक संयन्त्रको भर पर्छन् ।

    धरौटीसम्बन्धी कडा व्यवस्थालाई पहिलो चुनौती

    धरौटीमा अस्थायी रूपमा रिहा हुन कठिनाइ हुने भन्दै नयाँ कानूनको आलोचना भएको छ। धारा ४२ अनुसार राष्ट्रिय सुरक्षा जोखिममा पार्दैन भनेर न्यायाधिशलाई विश्वास भए मात्रै आरोपी धरौटीमा छुट्न सक्ने व्यवस्था गरिएको छ ।

    राष्ट्रिय सुरक्षा कानून अनुसार पहिलो अभियोग लागेका तोङ यिङ‑कितका वकिलले नयाँ कानून अनुसार धरौटीमा रिहा हुन तोङले पहिले दोष स्वीकार गर्नुपर्ने तर्क गरेका छन् । यसले निर्दोषिताको अनुमानको उल्लङ्घन गरेको उनीहरू बताउँछन् ।

    तर दुई ओटा कोर्ट अफ फर्स इन्टेन्सले यो व्याख्या अस्वीकार गरेको छ । सो धारालाई नयाँ कानूनमा व्यवस्था गरिएको निर्दोषिताको अनुमान अनुसार व्याख्या गर्नुपर्ने अदालतले जनाएको छ ।

    ताईवान भागेका अभियन्ता डुङ्गामा पक्राउ

    एप्पल डेलीका संस्थापक लाई र अन्य समातिएको दुई सातापछि चाईना कोस्ट गार्डदले अगष्ट २३ मा ताईवानतर्फ जाँदै गरेको डुङ्गामा एन्डी लाउलाई पक्राउ गर्‍यो। उनी धरौटीमा रिहा भएका एक अभियन्ता हुन् । उनीसँगै दश जना पुरूष र एक महिला डुङ्गामा सवार थिए। साउथ चाईना मर्निङ पोस्टलाई प्राप्त जानकारी अनुसार पोहोर भएको दङ्गामा एउटा असफल बम विस्फोटको योजना र हातहतियार जफतमा उनीहरू संलग्न थिए ।

    उनीहरूलाई सुरक्षित फर्काउनलाई हङकङ प्रहरीले शहरको नयाँ राष्ट्रिय सुरक्षा कार्यालयका चिनियाँ अधिकारीबाट पनि सहयोग मागेका छन् ।

    ताईवानको चाईना टाईम्स नामक समाचारपत्रले भागिरहेका पाँच हङकङेलीलाई शुक्रबार समातिएको खबर छापेको छ ।

    -क्रिस लाउ

  • कमेन्ट गर्नुहोस्