• तेश्रो लहर नियन्त्रणमा छ: क्यारी लाम

    वानचाईस्थित जोन्सन रोडमा निस्फिक्री हिडिरहेका सर्वसाधरण । तस्बिर: विक्रम गुरुङ ।
  •  

    क्यारी लामले कोभिड‑१९ को तेश्रो लहर नियन्त्रणमा रहेको बताएकी छिन् । तर अज्ञात श्रोतबाट हुने सङ्क्रमणको जोखिमबारे सावधान गराएकी छिन्। शुक्रबारमात्रै दुई जनालाई सङ्क्रमण पुष्टि भएको छ ।

    “दुई महिनाभन्दा लामो र कठिन सङ्घर्षपछि जुलाईदेखि शुरू भएको कोभिड‑१९ को तेश्रो लहर हङकङले आधारभूतमा रूपमा नियन्त्रण गरेको छ,” क्यारी लामले फेसबुकमा लेखेकी छिन् ।

    तीन सातादेखि आयातित सङ्क्रमण देखा परेको थिएन। कोरोनाभाइरसका कारण बन्द भएको डिस्नील्यान्ड पनि खुलेको छ । दीर्घ रोगसँग जुझिरहेका ८४ वर्षिय पुरूषको मृत्युसँगै हङकङमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या फेरि बढेको छ । क्विन एलिजाबथे हस्पिटलमा उनको मृत्यु भएको हो। योसँगै मृतकको सङ्ख्या १०५ पुगेको छ ।

    शुक्रबार फेला परेका दुवै जना सङ्क्रमित पुरूष हुन् । उनीहरूलाई अरू पनि रोग भएको सेन्टर फर हेल्थ प्रोटेक्सनले जनाएको छ । शहरमा कोरोनाभाइरसको सङ्क्रमित ५,०५८ पुगेको छ। सेप्टेम्बर ५ मा स्थानीय सङ्क्रमण मात्रै देखा परेको थियो ।

    हङकङ, ग्वाङदोङ र मकाउ यात्रा गर्दा क्वारेन्टिन बस्नु नपर्ने नयाँ स्वास्थ्य प्रणालीका लागि प्राविधीक तयारी आवश्यक भएको लामले बताइन् । कोरोनाभाइरसको स्थानीय सङ्क्रमण फेरि देखा परेकोले कार्यान्वयन गर्न नसकिएको उनले बताइन् । शुक्रबार लामले लेखेको फेसबुक पोस्टमा कोभिड‑१९ को जोखिमबारे प्रयोगकर्तालाई सूचित गर्ने एप्लिकेसन पनि बनेको जानकारी दिएकी छिन् । एप इन्नोभेसन एन्ड टेक्निकल ब्युरोले विकास गरेको हो ।

    यो महिना शुरू भएदेखि सङ्क्रमित सङ्ख्या घट्दै गएको छ। एक दिनमा सबैभन्दा धेरै २३ जना सङ्क्रमित फेला परेका छन् । तर आयातित सङ्क्रमित सङ्ख्या तलमाथि हुँदै आएको छ । अक्टोबर १ देखि बेलायत उच्च‑जोखिम देशको सूचिमा राख्ने सरकारले घोषणा गरेको छ । त्यहाँबाट आउने जोकोहीले कोरोनाभाइरस सङ्क्रमण नभएको प्रमाणपत्र पेश गर्नुपर्नेछ । आएपछि एउटा होटेलमा क्वारेन्टिन बस्नुपर्नेछ ।

    कार्यकारी प्रमुख क्यारी लाम । तस्बिर: नोरा ताम ।

    स्वास्थ्य सङ्कटमा सुधार आउँदै गएपछि आर्थिक गतिविधी पनि बढ्न थालेको छ । शहरका प्रमुख आकर्षण केन्द्रहरू खुल्न थालेका छन् । डिस्नील्यान्ड खुलेको छ । हाललाई आधा क्षमता चलाउनुपर्नेछ भने भौतिक दुरी र मास्क अनिवार्य छ ।

    हङकङको सबैभन्दा ठूलो सुपरमार्केट चेन वेलकमले तीन सयभन्दा धेरै आवश्यक सामग्रीको मुल्य ६ महिनासम्म परिवर्तन नहुने शुक्रबार जनाएको छ । त्यसमा चामल, खाना पकाउने तेल, फलफुल, तरकारी, अण्डालगायतका सामग्री पर्दछन् ।

    कोभिड‑१९ का केहि बिरामीलाई गम्भीर स्वास्थ्य समस्या हुनुका सम्भावित कारणबारे एउटा अन्तर्राष्ट्रिय अध्ययन पनि भएको छ । भविष्यमा बिरामीलाई अलि व्यक्तिगत उपचार दिनुपर्ने कारणबारे अनुसन्धानले प्रकाश पारेको छ ।

    युनिभर्सिटी अफ हङकङ लगायत विश्वका ५० अनुसन्धान संस्थाले सो अध्ययन गरेको हो । अध्ययनमा सहभागी कोभिड‑१९ का ९८७ जना गम्भीर बिरामीमध्ये दश प्रतिशतभन्दा धेरैको शरीरमा कोरोनाभाइरसबाट सुरक्षा दिने एन्टिबडि उत्पादन भएको देखिएको छ ।

    अध्ययनको अर्को क्षेत्रमा ६५९ जना गम्भीर बिरामीमध्ये करिब ३.५ प्रतिशतलाई जन्मजात नै प्रतिरोधी क्षमताको गडबडी भएकोले त्यस्तो एन्टिबडी उत्पादन नभएको देखिएको छ ।

    –एलिजाबेथ च्योङ/ कनिस ल्योङ

  • कमेन्ट गर्नुहोस्