• साहित्य श्रृंखलामा ‘रुदिना’ र ‘म को हुँ’ सार्वजनिक

  •  

    २५ अक्टोबर । स्थानीय शिव प्रधानको ‘रुदिना’ र नेपालका लिलाराज खतिवडाको ‘म को हुँ’ उपन्यास सार्वजनिक संगै, रचना वाचन तथा समीक्षा गर्दै ९९ औं हङकङ साहित्य साझा श्रृंखला सम्पन्न भयो ।

    नयाँ पेजको कार्यालयमा आयोजित पहिलो चरणको कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको थियो । हङकङ भित्रकै कथाव्यथाहरु समेटिएका उपन्यास ‘रुदिना’ माथि दाजु गुरुङले टिप्पणी गरेका थिए भने ‘म को हुँ’ उपन्यास बारे रमण गुरुङले आफ्ना भनाईहरु राखेका थिए ।

    कार्यक्रमको दोस्रो चरणमा दाजु गुरुङ, गीता अधिकारी, चन्द्र मादेन, रोशन याक्सो, पूर्णिमा शाह, नारायण भण्डारी, रमण गुरुङ, लाल बहादुर गुरुङ, आयुषी क्षेत्री, विष्णु इङ्नाम, दिपेन्द्र राई लगायतले आफ्ना सृजनाहरु वाचन गरेका थिए ।

    सह-संयोजक दिपेन्द्र राईद्धारा संचालित कार्यक्रमको अन्त्यमा संयोजक सुनिता गिरीले उपस्थित सम्पूणर्लाई धन्यवाद दिदै आगामी नोभेम्बरको १०० औं श्रृंखलालाई विशेष बनाउँन हङकङबासी साहित्यकार, बुद्धिजिवी, समाजसेवी तथा पत्रकारहरुलाई उपस्थितिसंगै सहयोगका लागि अपिल गरेकी थिइन् ।

    नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि श्रृंखलाले विगत ८ वर्ष यता प्रत्येक महिनाको अन्तिम आइतबार स्थानीय सर्जकहरुलाई भेला गराई साहित्यिक विचार-विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा स्रष्टाहरुलाई पुरस्कृत समेत गर्दै आइरहेको छ ।

  • कमेन्ट गर्नुहोस्