• विदेश पढ्ने विद्यार्थीको सङ्ख्या बढ्दो

    शिक्षा सचिवलाई छैन चिन्ता

  •  

    कोभिड‑१९ महाव्याधि र सरकार विरोधी प्रदर्शनका कारण स्थानीय शैक्षिक संस्था छोडेर विदेश पढ्न जाने क्रम बढेको समाचार आउँदासमेत शिक्षा सचिव ढुक्क छन् ।

    चिन्ता गर्नुपर्ने अवस्था नभएकोमा जोड दिदैं परिस्थिति र शिक्षा क्षेत्रमा परेको प्रभाव सरकारले निरन्तर मुल्याङ्कन गर्ने शिक्षा सचिव केभिन योङ युन‑हुङले बुधबार बताए ।

    गएको महिना सम्पन्न गरिएको एउटा सर्वेक्षण अनुसार फेब्रुअरीदेखि सेप्टेम्बरसम्म विद्यार्थी बाहिरिएको सयौं शैक्षिक संस्थाले बताए । अधिकांश मूलभूमी चीन वा विदेशमा अध्ययन गरिरहेका छन् । यसो हुनुमा पोहोर भएको सामाजिक अशान्ति र महाव्याधि नै प्रमुख कारण भएको शिक्षाकर्मी बताउँछन् ।

    सर्वेक्षणमा सहभागी २३१ शैक्षिक संस्थामध्ये ११ ओटाले सो अवधिमा ५१ जनाभन्दा धेरै विद्यार्थी बाहिरिएको देखिएको छ ।

    अघिल्लो वर्षको तुलनामा शैक्षिक संस्था छाड्ने विद्यार्थीको सङ्ख्या बढेको एउटा प्रमुख विद्यालय प्रमुख संगठनले जनाएको छ । आउने महिनाहरूमा यो क्रमले निरन्तरता पाउने संगठनको अनुमान छ ।

    मङ्गलबार आयोजना भएको बैठकमा दशभन्दा धेरै प्राथमिक र माध्यमिक विद्यालयका प्रतिनिधीसँग शिक्षा सचिव योङले मुद्दाबारे छलफल गरेका छन् । त्यसरी बीचैमा विद्यालय छाडेपछि परेको प्रभाव न्युनिकरणका लागि ठोस समाधान सरकारसँग नभएको एक श्रोतले बताए ।

    “आजको मितिसम्म यो चिन्ताको विषय बनेको छैन,” योङले बताए ।

    “कहाँ काम गर्ने, बस्ने र पढ्ने हङकङका जनताले आफैं निर्णय गर्नसक्छन् । यो हामीले उपभोग गर्ने स्वतन्त्रतामध्ये पर्दछ । कहिलेकाँही हङकङबाट धेरै विद्यार्थी स्थानान्तरण हुन्छन्, कहिले कम हुन्छन् ।”

    तर यसरी विद्यार्थी बाहिरिने क्रम “ट्रेन्ड” नै बने ब्युरोले शिक्षा क्षेत्रसँग निरन्तर सहकार्य गर्ने उनले बताए ।

    “भविष्यमा लामो समयसम्म विद्यार्थी बाहिरिने क्रम चलिरहे समग्र शैक्षिक क्षेत्रको स्थायित्व प्रभावित हुनेछ,” उनले भने,“हामी निगरानी गर्नेछौं र आवश्यक तयारी गर्नेछौं ।”

    शैक्षिक वर्ष२०२०‑२१ मा ११ जना विद्यार्थी बाहिरिएको पो ल्योङ कुक चाइ काइ याउ स्कूलले गएको महिना जनाएको छ ।

    सेप्टेम्बरमा शैक्षिक सत्र शुरू भएपछि कम्तिमा बीस जना विद्यार्थी बाहिरिएको हङकङ क्रिस्चियन कलेजको वाइएमसिएमा प्रिन्सिपल डियोन चेनले बताए । अधिकांश विदेशमा अध्ययन गर्दैछन् । अघिल्लो वर्षको तुलनामा यो ५० प्रतिशत धेरै हो ।

    ७१ ओटा प्राथमिक र माध्यमिक विद्यालयको प्रतिनिधित्व गर्ने डाइरेक्ट सब्सिडी स्किम स्कूल्स काउन्सिलका अध्यक्ष चेनले केहि विद्यालयले पोहोरको दाँजोमा धेरै विद्यार्थी बाहिरिएको र केहिले त्यस्तो क्रम नदेखिएको बताए ।

    स्थानीय राजनीतिक वातावरण, केहि देशको सहिलो अध्यागमन र स्वदेशमै विद्यार्थी अलपत्र पार्ने महाव्याधिकै कारण विद्यालय छोड्ने क्रम बढेको च्यानको विश्वास छ ।

    अर्को जनवरीदेखि बिएनओ पासपोर्टवाहकलाई बेलायतमै बसोबास गर्ने र नागरिकताका लागि आवेदन दिने नयाँ व्यवस्थालगायत आउने महिनाहरूमा अझै धेरै विद्यार्थीले हङकङ छाड्ने अन्य कारण भएकोले समस्या पूर्ण रूपमा अझै नदेखिएको पनि उनले बताए ।

    –च्यान हो‑हिम

  • कमेन्ट गर्नुहोस्