‘अनौठो’ महेन्द्र सर र मेरो होस्टल बसाइ
म कक्षा के.जी. मा पढ्दा विराटनगर होस्टलमा पढ्न/बस्न गएको हो । चालीसको दशकको अन्त्यतिरको कुरा हो, त्यस्तै ६ वर्षको हुँदो हुँ । अहिले सम्झँदा, २०४७ सालको प्रजातन्त्र स्थापनासँगै निजीकरणको लहर छाउँदै गरेको अवस्था रहेछ । निजीकरणको लहर शिक्षामा पनि पर्ने नै भयो । धमाधम आवासीय सुविधा भएका (चलनचल्तीको भाषामा ‘होस्टल’) र नभएका दुवैखाले अङ्ग्रेजी माध्यमक स्कूल खोल्ने जमाना आएको थियो । तथापि, म पढ्ने स्कूल सन् ८० कै शुरूवातमा खुलेको हो । नेपाली भाषा बोल्ने विद्यार्थीप्रति हेयको भावले हेर्ने समय थियो । नेपाली भाषामा पढाई हुने स्कूले विद्यार्थीहरू आफूलाई लघुताभाष महसुस गर्थे । कनिकुथी वा फरर पश्चिमा अङ्ग्रेजी भाषा बोल्ने विद्यार्थीलाई निकै इज्जतका साथ हेरिने समय थियो । अहिले आएर बुझ्दैछु, “भाषा सञ्चारको लागि एउटा माध्यम मात्र हो, बुद्धिमान वा मुर्ख भनेर नाप्ने एकाइ होइन ।” भेटेका जति विद्यार्थीसँग यो कुरा साझा गर्छु । कसले कुन भाषामा दख्खल राख्दछ, त्यसको आधारमा व्यवहार गर्दिनँ ।
होस्टल राखेर पढाउनु २ कारण थिए, १) सानको विषय २) आमा-बुबाले तह लगाउन नसक्ने विद्यार्थीलाई नियम-कानूनमा बाँधेर राख्ने ठाउँ । म पनि त्यही समय होस्टल बस्न गएको हुँ । मेरोमा पहिलो नियम लागू हुन्थ्यो । घर मोरङ जिल्लाको बेलबारी; विराटनगरबाट झण्डै डेढ घन्टा लाग्थ्यो गाडीबाट पुग्न, अहिले त बाटो पनि राम्रो र गाडीहरू पनि नयाँ हुने हुनाले कम समय लाग्छ । डेढ दुई महिनामा एक पटक घर जान पाइने, बर्खे बिदा र दशैं-तिहार लामो बिदा हुन्थ्यो ।
महेन्द्र सर बडा शान्तसँग हिंड्दथे र गल्ती गरेको भेटेमा दनादन पिट्न थालिहाल्थे । सजायका तरिकाहरू कानमा समाएर उचालेर टाढा हुत्याइदिनु, बेतको लठ्ठी वा कालो पाइपले पिट्नु, पछाडिबाट सर्ट हटाएर ढाँडमा हातले पड्काउनु, कुखुरो बनाउनु लगायत हुन्थ्यो । उनलाई सजाय दिने हजार तरिका थाहा थियो । कहिलेकाहीँ त के सनकमा जाडोमा चिसो पानीमा नुहाउने सजाय दिन्थे ।
अब होस्टलको कुरा । होस्टलमा नियम–कानून बहुत कडा हुन्थ्यो । होस्टल इन्चार्ज हुन्थे त्यहाँको नियम कानून पालना गराउने । त्यसबेला थापा थरका होस्टल इन्चार्ज हुनुहुन्थ्यो । उहाँ कडा नै हुनुहुन्थ्यो होस्टलको नियम–कानून पालना गराउने विषयमा, तर अझै गाह्रो समय आउन बाँकी नै थियो । कक्षा दुई पुग्दा नपुग्दै त्यो समय पनि आयो । महेन्द्र तामाङ ( गोप्यताको लागि अर्कै नाम रखिएको छ) वा भनौं ‘महेन्द्र सर’ हाम्रो नयाँ होस्टल इन्चार्ज भएर आए, कारण थियो थापा सरले आफ्नो काम छाड्नु । दार्जिलिङ वा कालेबुङ (कालिम्पोङ पनि भन्छन् कसैले) तिरका हुनुहुन्थ्यो क्यारे । त्यतातिरका शिक्षक / शिक्षिकाहरू स्कूलमा प्रशस्त हुनुहुन्थ्यो ।
होस्टलमा त्यो बेला कम्तीमा पनि एक सय विद्यार्थी थिए । सबैलाई तह लगाएर राख्नु सजिलो काम अवश्य पनि थिएन । शायद होस्टलका विद्यार्थीहरू पनि केही बदमास नै हुन्थे होला । शुरूका केही दिन त महेन्द्र सरलाई हाम्रो होस्टलको अन्तरकुन्तर बुझ्नु थियो होला र उनी त्यसैमा लागे । अब समय आयो उनका मनलाग्दी गर्ने दिनहरूको । उनी अन्तरमुखी स्वभावका थिए, धेरै कम बोल्थे । आफ्नो अफिस कोठामा बेतको लठ्ठी राख्थे र साथै अर्को कालो रङको प्लास्टिकको पाइप पनि राख्ने गर्थे । त्यतिखेर हाम्रो होस्टलमा इटहरी-धरानका विद्यार्थीहरूको बाहुल्यता थियो । ब्रिटिस लाहुरेका छोराछोरीको बाहुल्यता थियो । महेन्द्र सर बडा शान्तसँग हिंड्दथे र गल्ती गरेको भेटेमा दनादन पिट्न थालिहाल्थे । सजायका तरिकाहरू कानमा समाएर उचालेर टाढा हुत्याइदिनु, बेतको लठ्ठी वा कालो पाइपले पिट्नु, पछाडिबाट सर्ट हटाएर ढाँडमा हातले पड्काउनु, कुखुरो बनाउनु लगायत हुन्थ्यो । उनलाई सजाय दिने हजार तरिका थाहा थियो । कहिलेकाहीँ त के सनकमा जाडोमा चिसो पानीमा नुहाउने सजाय दिन्थे ।
होस्टलमा हरेक कृयाकलाप घण्टीको भरमा हुन्थ्यो । घण्टी बजाएर खाना खाने, खाजा खाने समय आदिको सूचना हुन्थ्यो । त्यस्तै, घण्टी बजाएर नै पढ्ने समय पनि सूचित गरिन्थ्यो । हामीलाई होस्टलमा उमेर समूहअनुसार कक्षामा बाँडेर पढ्न बसाइन्थ्यो । शिक्षक नहुँदा विद्यार्थीहरू हल्ला त गर्छन् नै । महेन्द्र सरसँग एउटा चाबीको झुत्ता हुन्थ्यो र उनी त्यही बजाएर आफू नजिक भएको इशारा गर्थे । चाबीको आवाज सुनेर विद्यार्थीहरू शान्त हुन्थे । धेरै कम बोल्ने उनी केही भन्न परे इशारा गर्थे । जस्तो कि राति सुत्न जाउ भन्नुपरेमा पहिला थपडी बजाएर हाम्रो ध्यान खिच्थे र एक हात आफ्नो गालामा राखेर टाउको हात राखेको गालातर्फ ढल्काउँथे र सुत्न जाउ भन्ने इशारा गर्थे, शनिबारको दिन टीभी हेर्न जाउ भन्ने इशारा पनि दुई हातले आँखामा दुर्विन जस्तो बनाएर जानकारी दिन्थे ।
एकपटक लोडसेडिङ हुँदा लुइटेल थरका एक दाइले आफ्नो साथी ठानेर पछाडिबाट एक लात लगाएका थिए रे महेन्द्र सरलाई ! पछि सर भएको थाहा पाएपछि उनी सुइँकुच्चा ठोकेका थिए रे । यो घटनाबारे सिनियर दाइहरू एक-आपसमा खासखुस गर्थे । महेन्द्र सरले यो लात हान्ने मान्छेबारे थाहा पाएनन् वा आफ्नो बेइज्जती होला भनी कोट्याएनन् यसै भन्न गाह्रो छ ।
साह्रै ‘मूडी’ स्वभावका उनी घरि-घरि त हार्मोनियम बजाएर घण्टौं बस्थे, गितारमा पनि उनको राम्रो दख्खल थियो । अझ भनौं, वाद्यवादनका साधनहरूमा उनको राम्रो पकड थियो । घरि शान्त बसेर केही सोचेजस्तो गरी आफ्ना भएका केही जुँगाहरू एक-एकवटा उखेल्दै गर्दै रहन्थे । अनि कहिले चाहिं राति हामीलाई सुत्न पठाएर हामी सुत्ने ‘डोरमिटरी’को भुईंमा आफ्नो जुत्ताको सोल ‘ट्याक-ट्याक’ गरी बजाउँदै धेरै बेरसम्म हिंड्थे । एक किसिमको आतंक नै थियो उनको र हामीलाई सकभर कसरी गल्ती नगरौं भन्ने नै हुन्थ्यो ।
होस्टलमा स्कूलको रिजल्ट आएको दिनको माहोल बडा मार्मिक हुन्थ्यो । कुन्नि किन हो होस्टलमा अलि बढी ‘भुस्कोल’ विद्यार्थी नै हुन्थे । फेल भएका विद्यार्थीको लाइन लगाएर मर्मत हुन्थ्यो, त्यो पनि राम्रैसँग । यो दिन सजाय दिन अरु पनि थपिन्थे । म यो सजायबाट बच्थेँ किनकि पढाइमा राम्रो नै थिएँ, म जस्तै अरु विद्यार्थी पनि हुन्थे । तर धेरै थिए जो यति भाग्यमानी थिएनन् ।
बर्खे बिदा, दशैं-तिहारको बिदामा हामी सबै घर जन्थ्यौं, महेन्द्र सर पनि जान्थे । कहिलेकाहीँ छुट्टी सकिएर पनि उनी घरबाट ढिलो आउँदा हामी होस्टल बस्नेलाई ‘दशैं’ आएजस्तो हुन्थ्यो ।
कयौं किस्सा छन् महेन्द्र सरको बारेमा । त्यो बेला विद्यार्थीहरूको उपनाम राख्ने चलन थियो । सकभर आफूलाई मन नपर्ने नाम हुन्थ्यो आफ्नो भागमा । सानो छँदा शरीरको दाँजोमा मेरो कान ठूलो थियो होला । काजी दाइ थिए, मेरो नाम ‘हात्ती’ राखिदिए । शरीर ठूलो भएर होइन, कान ठूलो भएर ! यो नाम विराटनगरको होस्टल नछोड्दासम्म रहन गयो । त्यतिखेर मलाई यो शब्द सुन्न मन लाग्दैन थियो । आज सम्झिँदा हाँसो लाग्छ, अहिले यो लेख्दा पनि हाँस्दैछु ।
शिक्षकहरूको पनि उपनाम हुने नै भयो । होस्टलका केटाहरूले पनि महेन्द्र सरको नाम राखिदिएका थिए– ‘लाटा’ । वा छोटकरीमा ‘एल.टी.’ पनि भन्थे । उनको अगाडि भन्ने हिम्मत कसैको नभए पनि उनी यो उपनामबारे अवगत नै थिए जस्तो लाग्छ । एकपटक लोडसेडिङ हुँदा लुइटेल थरका एक दाइले आफ्नो साथी ठानेर पछाडिबाट एक लात लगाएका थिए रे महेन्द्र सरलाई ! पछि सर भएको थाहा पाएपछि उनी सुइँकुच्चा ठोकेका थिए रे । यो घटनाबारे सिनियर दाइहरू एक-आपसमा खासखुस गर्थे । महेन्द्र सरले यो लात हान्ने मान्छेबारे थाहा पाएनन् वा आफ्नो बेइज्जती होला भनी कोट्याएनन् यसै भन्न गाह्रो छ ।
अन्तर्मुखी स्वभावका उनका धेरै पुरुष साथीहरू थिएनन्, तर स्कूलका म्याडमहरूसँग चाहिं राम्रै सम्बन्ध थियो, राम्ररी नै बोलेको देखिन्थ्यो । अरुसँग बोल्दा पनि बिस्तारै सानो आवाजले बोल्थे । घरबाट हाम्रा अभिभावक भेट्न आउँदा पनि उनी राम्ररी कुरा गर्थे । अभिभावकहरूलाई उनको व्यवहार हामीले भनेजस्तो होला भनी पत्याउनै गाह्रो हुन्थ्यो ।
महेन्द्र सरका राम्रा पक्षहरू पनि थिए । होस्टलमा दिदीबहिनीहरू पनि हुन्थे । उनले केटीहरूलाई पिट्दैन थिए, अझ भनौं मैले पिटेको देखिनँ वा मलाई खासै याद छैन । गाली गर्दा चाहिं जोड-जोडले चिच्याउँथे । होस्टलमा बस्ने हामी साना केटाहरूलाई आफैं नुहाइदिन्थे, आफैं नङ काटिदिन्थे । कहिलेकाहीँ हामीसँग नै क्यारमबोर्ड, चेस, लुडो जस्ता खेल पनि खेल्थे ।
महेन्द्र सरका राम्रा पक्षहरू पनि थिए । होस्टलमा दिदीबहिनीहरू पनि हुन्थे । उनीहरू बस्ने छुट्टै ‘डोरमिटरी’ हुन्थ्यो । उनले केटीहरूलाई पिट्दैन थिए, अझ भनौं मैले पिटेको देखिनँ वा मलाई खासै याद छैन । गाली गर्दा चाहिं जोड-जोडले चिच्याउँथे । होस्टलमा बस्ने हामी साना केटाहरूलाई आफैं नुहाइदिन्थे, आफैं नङ काटिदिन्थे । कहिलेकाहीँ हामीसँग नै क्यारमबोर्ड, चेस, लुडो जस्ता खेल पनि खेल्थे । स्कूलको लागि होस्टलबाट निस्किनुभन्दा पहिले ड्रेस चेकजाँच गर्थे । ‘डे स्कोलर’ विद्यार्थीका तुलनामा हामी होस्टलका विद्यार्थीलाई बढी ख्याल गर्थे, हाम्रो समर्थन गर्थे । होस्टलमा हुने कार्यक्रममा गीत गाउने, गितार बजाउने र हामीसँगै खुशीमा सामेल हुन्थे । उनी स्कूलमा नेपाली विषय पनि पढाउँथे ।
महेन्द्र सरको आतंक हामीले लगभग चार-पाँच वर्ष भोग्यौं । एघार वर्षको एउटै स्कूलको होस्टल बसाइमा कम्तीमा पनि पाँच-छ जना होस्टल इन्चार्ज भोगियो । उनीहरू सबैमा आ–आफ्नै गुन-बैगुन थिए । मान्छे भनेको नै केही गुन र केही बैगुनको सम्मिश्रण हो भन्ने अहिले बुझ्दैछु । एघार वर्षको विराटनगर बसाइपछि एसएलसी दिएर मैले त्यो होस्टलबाट बिदा लिएँ । जिन्दगीको गोरेटोमा हिंड्दा स्कूल फेरि दुई-चार पटक पुगेको छु । त्यहाँ जाँदा ती पुराना दिनका यादहरू ताजा हुन्छन् । आज होस्टलमा बसेका ती दिनहरू झल्झली याद आउँछ । केही आतंककाबीच बसे पनि मलाई त्यो होस्टलको बसाइले जिन्दगीमा धेरै कुरा सिकाएको छ । त्यो समयबारे सोच्दा अहिले खुशी नै लाग्छ– म त्यो स्कूलमा पढें । हामी होस्टलका साथीभाइ, दिदीबहिनी र दाइहरू एउटा परिवार जस्तै भएर बसेका थियौं । एक–अर्काको सुख-दु:खमा साथ दिएका थियौं । आज पनि सँगै होस्टल बसेको कोही भेटे आफ्नै परिवारको सदस्य भेटेझैं लाग्छ । कहिलेकाहीँ फेरि ती बचपना बाँच्न मन लाग्छ, तर मलाई थाहा छ त्यो असम्भव छ । ती मिठा यादहरू मेरो जिन्दगीभरी रहिरहनेछन्, नमिठा यादहरूलाई भुलिसकें, माफ गरिदिइसकें । त्यो स्कूल र होस्टल; यसप्रतिको माया सधैं प्रगाढ छ र रहिरहने छ ।