• उपभोग भौचरका लागि चार एसभीएफ 

  •  

    अप्रिल ११ । सरकारले उपभोग भौचर योजना (कन्जम्प्सन भौचर स्किम)का लागि चारवटा भण्डारण मूल्य सुविधा (स्टोर्ड भ्यालु फ्यासिलिटि ‘एसभीएफ’) सञ्चालकलाई चयन गरेको छ ।

    चयन गरिएका अक्टोपस, अलिपे, विच्याट र ट्याप एण्ड गो ‘एसभीएफ’को सञ्जाल ३० हजारदेखि १ लाखसम्म स्थानीय खुद्रा पसल, खाद्य तथा पेय पदार्थ विक्रेता र सेवा उद्योगमा फैलिएको विश्वास गरिएको छ ।

    ‘एसभीएफ’ सञ्चालकहरुसंग प्रणाली, प्रक्रिया र शुल्कको बारेमा छलफल भइरहेको र तय भएपछि योजनाको विस्तृत जानकारी गराइने सरकारले बताएको छ । सञ्चालकहरुले सुविधा व्यवहारिक, सुलभ र सजिलो हुने र सेवा शुल्क पनि सस्तो गर्ने भनेपछि  ‘एसभीएफ’लाई योजनाको माध्यम बनाउँने सरकारको तयारी रहेको छ ।

    सन् २०२१–२२ को बजेटमा अर्थ सचिव पल चानले १८ वर्ष पुगेका स्थायी परिचयपत्रबाहकलाई ५ हजार हङकङ डलरको विद्युतीय उपभोग भौचर उपलब्ध गराइने घोषणा गरेका थिए ।

    गत वर्ष १० हजार नगद दिएको सरकारले यस वर्ष भौचर दिने योजना अघि सारेको छ । भौचरले स्थानीय उपभोगमा बृद्धि हुने र व्यापार–व्यावसाय चलायमान हुने अपेक्षा गरिएको छ ।

  • कमेन्ट गर्नुहोस्