• भूपू सैनिक संघको दशौं अधिवेशन सम्पन्न

  •  

    जुलाई १८ । ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संघ हङकङको दशौं अधिवेशनले खड्ग राईको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । अधिेशन २६औं वार्षिकोत्सवसहित ब्लु ओसन रेष्टुरेन्टमा सम्पन्न भएको थियो ।

    नयाँ कार्यसमितिको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः ईश्वरप्रसाद गुरुङ, उत्रशेर राई, पासाङ शेर्पा, देशराज राई र नेत्रबहादुर थापा रहेका छन् । उक्त समितिका सदस्यहरुमा कृष्णकुमार गुरुङ, पदम सिं लिम्बू, भीम गुरुङ, झमानसिं राना र हरि राई रहेका छन् ।

    बन्दसत्र संचालनका लागि क्या. जङ्गबहादुर रानाको अध्यक्षतामा, ले. गोपाल गुरुङ र किसन राई रहेको तीन सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको थियो । बन्द सत्रमा निवर्तमान सचिव ईश्वरप्रसाद गुरुङको संगठनात्मक र निवर्तमान कोषाध्यक्ष झमानसिं रानाको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।

    नवनिर्वाचित समितिलाई निवर्तमान अध्यक्ष हेमप्रताप गुरुङले बधाई ज्ञापन गरेपछि नवनिर्वाचित अध्यक्ष खड्ग राईले प्रतिबद्धता मन्तव्य व्यक्त गरेका थिए ।

  • कमेन्ट गर्नुहोस्