• तमु ट्होको दशौं अधिवेशन सम्पन्न

    तमु ट्हो ह्युलको नयाँ कार्यसमिति । तस्बिरः कृष्ण गुरुङ ।
  •  

    सेप्टेम्बर ५ । तमु ट्हो ह्युलको दशौं अधिवेशनले विजयकुमार गुरुङलाई पुन अध्यक्षमा निर्वाचित गरेको छ । कार्यसमितिको सहकोषाध्यक्ष र चार सदस्यबाहेक १२ जना सर्वसम्मत चयन भएका छन् ।

    नयाँ कार्यसमितिको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र प्रवक्तामा क्रमशः इश्वर गुरुङ, पदमबहादुर गुरुङ, देवीकुमारी गुरुङ, गीता गुरुङ र सन्तोष गुरुङ रहेका छन् । गणेशबहादुर गुरुङ, बुद्धिप्रसाद गुरुङ, पार्वती गुरुङ, रामप्रसाद गुरुङ, माया गुरुङ र मन्जु गुरुङ सदस्यमा चयन भएका छन् ।

    अध्यक्ष विजयकुमार गुरुङका अनुसार सहकोषाध्यक्ष र बाँकी सदस्य कार्यसमितिको पहिलो बैठकले मनोनित गर्ने छ । इन्डिया क्लवमा सम्पन्न अधिवेशन नेपाली महावाणिज्यदूत उदयबहादुर रानामगरले उद्घाटन गरेका थिए ।

    उद्घाटन सत्रमा प्रमुख अतिथि महावाणिज्यदूत रानामगर, हङकङ नेपाली महासंघका अध्यक्ष टंक राना, नेपाली आदिवासी जनजाति महासंघका अध्यक्ष किसन राई, तमु प्ये ल्हु संघका अध्यक्ष मनबहादुर गुरुङ र संस्थाको महिला विभाग प्रमुख कविता गुरुङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

  • कमेन्ट गर्नुहोस्