• ‘संविधान संशोधन नभए आन्दोलन’

    मंगलबार धनगढीमा आयोजित समाजबादी पार्टी, नेपालको प्रादेशिक अभिमुखिकरण कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा समाजबादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराई, संघिय सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादबलगायत । तस्वीरः तिलकराज ओझा ।
  •  

    समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधन नभए सङ्घर्षमा जाने बताउनुभएको छ ।

    समाजवादी पार्टीले आज यहाँ आयोजना गरेको प्रादेशिक अभिमुखीकरण कार्यक्रमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री समेत रहनुभएका यादवले संविधान संशोधनकै लागि सघाउन आफूहरु सरकारमा सामेल भएको स्पष्ट पार्नुभयो ।

    उहाँले आफ्नो पार्टीले राखेका माग पूरा गर्नेतर्फ पहल नगरे सरकारबाट बाहिरिएर सदन र सडक सङ्घर्षमा जानुको विकल्प नरहेको बताउनुभयो । पार्टीका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सरकारले सङ्घीयताको सही ढङ्गबाट प्रयोग गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले वर्तमान सङ्घीय प्रणाली अवैज्ञानिक रहेको जिकिर गर्नुभयो ।

    नयाँ शक्ति पार्टी र सङ्घीय समाजवादी फोरमको एकीकरणपछि बनेको समाजवादी पार्टीले आज यहाँ पहिलो पटक प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।

  • कमेन्ट गर्नुहोस्