तेश्रो चरणको राहत २४ अर्ब हङकङ डलर
हस्पिटल अथोरिटी, महाव्याधि प्रभावित व्यवसाय र बेरोजगार प्राथमिकतामा
सरकारले तेश्रो चरणको कोभिड‑१९ राहतका लागि २४ अर्ब हङकङ डलर मङ्गलबार छुट्याएको छ। यो रकम झण्डै एक वर्षको खर्च बराबर हो । महाव्याधिबाट प्रभावित व्यवसायले यसबाट अत्यावश्यक लाभ पाउने भएका छन् ।
भौतिक दुरीबाट प्रभावित र अन्य अत्यन्तै प्रभावित उद्योगलाई सहयोग गर्न सरकार केन्द्रित भएको मुख्य सचिव म्याथ्यु च्योङ किन‑चुङले बताए । जाडो मौसम बढ्दैछ । मौसमी रूघाखोकीसँगै कोभिड‑१९ सङ्क्रमणको नयाँ लहर बढ्ने जोखिम उत्तिकै छ ।
करिब १३ अर्ब हङकङ डलर खोप किन्न‚ हस्पिटल अथोरिटीलाई सहयोग गर्न र खुल्ला बजारमा कन्ट्याक्टलेस पेमेन्ट प्रवर्द्धनका लागि खर्च गरिनेछ । कम्प्रिहेन्सिभ सोसल सेक्युरिटी असिस्टेन्स (सिएसएसए) योजना अन्तर्गत बेरोजगार हङकङेलीलाई सहयोग गर्न वा पर्यटन‚ केटरिङ‚ उड्डयन‚ खेलकुद‚ सिनेमा‚ शिक्षा‚ मसाज र ब्युटी पार्लरलगायतका क्षेत्रमा पनि सहयोग गरिनेछ । झण्डै ६ अर्ब हङकङ डलर घरभाडा र अन्य छुटका लागि प्रयोग गरिनेछ ।
सेप्टेम्बर २५ मा हुने व्यवस्थापिका परिषद्को वित्तिय समितिको बैठकमा सरकारले औपचारिक प्रस्ताव पेश गर्नेछ ।
वित्त सचिव पल च्यान मो‑पोले नयाँ राहत रकमले शहरको वित्तिय कोष यो आर्थिक वर्षमा ८०० अर्ब हङकङ डलर पुग्ने बताएका छन्। यो झण्डै १२‑१३ महिनामा हुने सरकारी खर्च हो ।
“सन् २००३ मा सार्स हुँदा जत्तिकै पुग्नेछ‚” प्याकेज घोषणाका लागि मंगलबार आयोजना गरिएको प्रेस सम्मेलनमा च्यानले बताए ।
महाव्याधिको विनाशकारी आर्थिक प्रभाव व्यवस्थापन गर्न हङकङको कुल ग्राहस्थ उत्पादनको करिब ११ प्रतिशत वा ३०० अर्ब हङकङ डलरभन्दा धेरै खर्च गरिएको छ । झण्डै उत्ति नै आर्थिक घाटा पनि भएको छ। तर यसले शहरको कुल ग्राहस्थ उत्पादन ५ प्रतिशतले बढ्ने च्यानले बताए ।
कोरोनाभाइरसको आर्थिक प्रभाव सम्बोधन गर्न सरकारले एन्टि‑एपिडेमिक फण्डबाट दुई चरणको राहत ल्याइसकेको छ । पहिलो चरणमा ३० अर्ब हङकङ डलर फेब्रुअरीको अन्त्यमा स्वीकृत भएको थियो ।
अप्रिलमा सरकारले १३७.५ अर्ब हङकङ डलरको राहत प्याकेज ल्यायो । सङकटको समयमा झण्डै १५ लाख कामदारलाई बेरोजगार हुन नदिन ८१ अर्ब हङकङ डलरको योजना प्याकेजमा समावेश गरिएको थियो ।
जुलाईमा आएको तेश्रो लहरको सङ्क्रमणले व्यवसायलाई ठूलो धक्का दियो । थुप्रै सातासम्म रेस्टुरेन्टमा साँझ खानपिन गर्न प्रतिबन्ध थियो । बार‚ केरिओके लाउञ्ज‚ सिनेमा र ब्युटी पार्लर धेरै सातासम्म बन्द भए । सो अवधिमा धेरै व्यवसायले गम्भीर प्रभाव परेको बताउँदै व्यवसाय धान्नका लागि सरकार गुहारेका थिए ।
–कनिस ल्योङ र लिलियन चेङ