• तिलक सोमैको ‘ए झोर्ले’ वल्र्ड प्रिमियर

  • १ जुलाई । समावेशी गायक दावी गर्ने तिलक सोमै मगरको पहिलो म्युजिक भिडियो ‘ए झोर्ले…..’ युट्युवमार्पmत वल्र्ड प्रिमियर गरिएको छ । सार्वजनिक कार्यक्रम मगर संघको आयोजनामा चुम्लुङ हिममा सम्पन्न भएको थियो ।

     

    प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष किसन राई, मगर संघकी अध्यक्ष युगमाया राना र गायककी आमा चनमाया मगरले संयुक्त रुपमा सार्वजनिक गरेको म्युजिक भिडियोमा स्वयं गायक र पुनम भेंmडी मगरको अभिनय रहेको छ । स्थानीयब् रमणीय स्थलमा छायांकन गरिएको म्युजिक भिडियोको निर्देशक सुवास गुरुङ रहेका छन् । विक्रम गुरुङको क्यामरामा यूबी चाम्स मगरले सम्पादन र रंग संयोजनको काम गरेका छन् ।

    सार्वजनिक कार्यक्रममा प्रमुखअतिथि राई, संघकी अध्यक्ष राना, किरात याक्थुङ चुम्लुङकी अध्यक्ष कमलकुमारी लिम्बू, गायक राजु आङदेम्बे, कलाकार मौसम इम्बुङ, मिस नेपाल हङकङका अध्यक्ष लोकराज लिम्बूलगायतले शुभकामना व्यक्त गरेका थिए । सोमैले मगर भाषाका अलावा राई, लिम्बू, गुरुङ, नेवार, तामाङ भाषाका गीत रेकर्ड गरिसकेका छन् ।

    प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष किसन राई शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा । तस्बिरः विक्रम गुरुङ ।

  • कमेन्ट गर्नुहोस्