• स्थापित बन्दै सेन्स अफ क्लिक

  •  

    पवन सुब्बालाई लागेको थिएन, एकदिन मोडलिङ र फेशन डिजाइनिङ जीवनको पर्यायवाची बन्छ भनेर । भविष्य र करियरको रनभुल्लमा पर्दै एकदशक बिताएका पवनले कलकत्ताको एक फेशन डिजाइन कम्पनीमा एसिस्टेन्टको रूपमा काम गर्दागर्दै केही योजना बनाइसकेका थिए । त्यही योजना र दृढ इच्छाशक्तिले आज एशियाकै फेसन हब हङकङमा स्थापित बन्दैछ, ‘सेन्स अफ क्लिक’ ।

    मोडलिङ एजेन्सीबाट करियर शुरू गरेका पवनलाई शुरूवाती दिनमा धेरै सङ्घर्ष गर्नुपर्‍यो । साथी मौसम श्रेष्ठसँग मिलेर मोडलिङमा इच्छा राख्ने युवायुवतीहरूलाई कोरियोग्राफी, फोटोसुटसँगै फेशन र मोडलिङका लागि विभिन्न इभेन्टहरूको आयोजना गर्न थाले ।

    कामप्रतिको निरन्तरताले नै हङकङेली नेपालीहरूमाझ पहिलो रोजाइ बनिरहेको छ सेन्स अफ क्लिक । मोडलिङ र फेशन शोका इभेन्टहरू आयोजना गरिरहने सेन्स अफ क्लिकले हन्ट फर सुपर मोडलको पनि आयोजना गरिरहेको छ । सुपर मोडलको पहिलो र दोस्रो संस्करणबाट पूजा राना र नरमता गुरुङ विजयी भइसकेका छन् भने नरमताले मिस नेपालमा समेत भाग लिई मिस ट्यालेन्टको उपाधि जितिसकेकी छिन् ।

    नेपाली फेशन र मोडलिङलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनका लागि प्रयासरत सेन्स अफ क्लिकले पछिल्लो समय फेशन डिजाइनिङ शो रुम खोलेर आफ्ना ग्राहकलाई थप सेवा दिइरहेको छ । चर्चित नेपाली डिजाइनर तेन्जिङ भुटिया र युबी थापाका डिजाइनहरूको बिक्री–वितरण गरिरहेको सेन्स अफ क्लिकले ग्राहकहरूको अनुरोधमा केही डिजाइन आफैं पनि तयार गर्ने गर्छ ।

    हामीले सबैको लागि उपयुक्त हुने मूल्य राखेका छौं, हङकङ डलर १,१०० देखि ३,५०० सम्मका डिजाइनहरू उपलब्ध छन् । हाम्रो उद्देश्य हङकङमा रहेर पनि मोडलिङ र फेशनमा आबद्ध युवायुवतीहरूलाई अन्तर्राष्ट्रिय प्लेटफर्म दिने हो । विदेशमा नेपाली उत्पादन र मौलिकतालाई चिनाउने अवसरको पनि सदुपयोग गरिरहेको पवन बताउँछन् ।

    तस्वीरहरू सौजन्यः सेन्स अफ क्लिक

  • कमेन्ट गर्नुहोस्