• हाक्पारे गायक

    तस्वीर: विक्रम गुरुङ
  •  

    कमानध्वज लाओती लिम्बू हङकङमा किरात याक्थुङ चुम्लुङ, आदिवासी जनजातिजन्य लगायत विभिन्न संस्थाका सांस्कृतिक कार्यक्रमहरूमा विशेष गरेर लिम्बू भाषाका हाक्पारे र अन्य गीत प्रस्तुत गर्दै गरेको भेटिन्छन् ।

    लिम्बू धार्मिक स्थलको रूपमा परिचित पान्थरको यासोकमा रहेको कुमायक र कुसायक नजिक सुब्जनीमाबाट सन् २००६ सालमा उनी हङकङ आएका हुन् । नेपालमा रहँदा मेला–बजार, पाहुना–पात र बिहेमा मात्र पालाम गाउने गरेको उनी बताउँछन् ।

    कम बोल्ने र कम चर्चामा रहन रूचाउने उनले करिब १ दर्जन जति गीत रेकर्ड गरिसकेका छन् । कतिपय गीतमा उनको आफ्नै शब्द र लय रहेका छन् । हङकङ आएको ५ वर्षपछि सन् २०११ मा याक्थुङ साम्लो प्रथमबाट उनको गायन यात्रा शुरू भएको हो । त्यो भन्दा पहिले उनले छिटपुट गाउने गरेका थिए ।

    प्रथम कार्यक्रम पश्चात् कमी–कमजोरीलाई सुधार्न उनले हिमालयन टोन्स म्युजिक एकेडेमीबाट सारेगाम शुरू गरेका हुन् । संगीतकार तथा एकेडेमीका प्रशिक्षक दिनेश सुब्बाको प्रशिक्षणमा उनले आफूमा निखार ल्याएका हुन् ।

    लिम्बू संगीतहरूमध्ये सबैभन्दा गाउन कठिन हाक्पारेलाई जसरी पनि बचाउनुपर्छ भन्ने उनको मान्यता रहेको छ । हाक्पारेमा लिम्बू पहिचान रहेको उनको ठहर छ ।

    अहिलेसम्मका उनका कृतिहरू निम्न रहेका छन्ः

    मिम्जिरे ताजेङः शब्द, संगीत र स्वर

    हाक्पारेः शब्द, संकलन र स्वर

    पालामः संकलन र स्वर, शब्दः सुवर्ण नेम्वाङ

    तम्मरै बग्यो सललः शब्द, संकलन र स्वर

    राँके भन्ज्याङ गाडीमा सररः शब्द र स्वर, संगीतः साक्थिम यङया

    सँगै बाँच्ने सँगै मर्नेः स्वर, शब्दः पुर्वेली गाउँले, संगीतः दिनेश सुब्बा

    कसलाई मन थियो र परदेश जानेः शब्द र स्वर, संगीतः सुसन साम्सोहाङ

    स्टार फेरी सररः शब्द र स्वर, संगीतः  साक्थिम यङया

    हाक्फारे पालामः शब्द र स्वर, संगीतः अशोक लोहरूङ राई

    उनले म्यूजिक भिडियो मिम्जिरे र आकांक्षा हालै सार्वजनिक गरेका छन् । विभिन्न सामाजिक संस्थाहरूमा पनि उनी सक्रिय छन् । लाओती संघका अध्यक्ष र पान्थर मञ्च हङकङको उपाध्यक्ष रहेर काम गरिरहेका छन् ।

  • कमेन्ट गर्नुहोस्