• मैनबहादुरलाई सरकारी सम्मान

    मैनबहादुर थापा । तस्बिरः एभरेष्ट अर्काइभ ।
  • १ जुलाई । हङकङ सरकारबाट सम्मानित हुनेमा यस पटक मैनबहादुर थापा परेका छन् । उनी चिफ एक्जिक्युटिभ्स कमेन्डेसन फर कम्युनिटि सर्भिसबाट सम्मानित हुने भएका हुन् ।

    हङकङ स्थापना दिवसको दिन घोषणा गरी चीनको राष्ट्रिय दिवसको दिन प्रदान गरिने सम्मान लिस्टमा उनको नाम प्रकाशित गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ हङकङका निवर्तमान अध्यक्ष थापा मेम्बर अफ वर्किङ ग्रुप अन इथ्निक अफेयर्स अफ याउचिममोङ डिस्ट्रिक काउन्सिलका सदस्य समेत रहेका छन् ।

    गृह मामिला विभागको विभिन्न समितिमा बसेर कार्य गरिरहेका उनलाई विभिन्न निकायले सम्मान गरिसकेको छ । मगर संघ तथा क्षेत्रीय संघसंस्थाको नेतृत्व गरिसकेका थापाले हङकङ सरकारको सम्मानबाट सामाजिक कामका लागि उर्जा मिलेको बताएका छन् ।

    पुख्र्यौली स्याङजा भइ बुटवलका ४९ वर्षीय थापा २० वर्ष अघि यहाँ आएका हुन् । विभिन्न संघसंस्थामा सक्रिय उनी सबै भन्दा ठूलो पार्टी डेमोक्रेटिक एलायन्स फर बेटरमेन्ट एण्ड प्रोग्रेस अफ हङकङ (डीएबी)का सदस्य हुन् । अहिलेसम्म उक्त सम्मानबाट सम्मानित हुने १२ जना नेपालीमा ८ जना डीएबीका सदस्यहरु रहेका छन् ।

  • कमेन्ट गर्नुहोस्