• बोल्ड हुनुपर्छ -विजय बराल, कलाकार

  • साधारण युवती
    मलाई हेर्दा वाउ… भन्ने खालको युवती भन्दा पनि ठिकैकी रहेछिन भन्ने खालको युवती मनपर्छ । जसले आफ्नो बाह्य सुन्दरताले भन्दा पनि भित्री खुबीले मान्छेलाई प्रभावित बनाउन सक्ने हुन् । सुन्दर अनुहार देख्दा हेर्न त जोकोहीलाई हेरिन्छ । तर आफ्नो जीवनसाथी बनाउने सवालमा चाँहि साधारण सुन्दर युवती होस भन्ने चाहाना छ ।

    बोल्ड हुनुपर्छ
    मलाई बोल्ड युवती मन पर्छ । म केही गर्नसक्छु भन्ने आँट भएको महिला मनपर्छ । प्रायः महिलाहरू नरम स्वभावका हुन्छन् । तर मलाई चाँहि बोल्ड स्वाभावको मनपर्छ । त्यस्तो महिलाहरू आफ्नो लक्ष्यप्राप्ति गर्नको लागि जस्तोसुकै अवस्थामा पनि अघि बढ्न सक्छन् । सफल पनि हुन्छन् । त्यसैले अरुको लागि आफ्नो ईच्छा मार्ने भन्दा पनि आफ्नो लागि निर्णय लिनसक्ने युवती मनपर्छ ।

    बुढेसकालमा सँगै खाना खाने
    बुढाबुढी उमेरसम्म सँगै जोडीहरू देख्दा मेरो पनि यस्तै होस भन्ने चाहाना छ । बुढेसकालमा सँगै बसेर खाना खाउँ । एक अर्कालाई माया गर्ने खालको मन भएको युवती जीवनसंगीनी होस भन्ने चाहाना छ । अर्थात उमेर भईन्जेल मात्र नभई जीवन रहेसम्म सँगै बाँचौ भन्ने चाहाना राख्ने युवती होस् भन्ने छ ।

    उसको पनि कुरा सुनाओस्
    म आफ्नो कुरा त सुनाईहाल्छु । तर मेरो कुरा सुन्ने मात्र नभएर उसको पनि कुरा सुनौं । उनको कुराले म प्रभावित होँऊ । मलाई उनका अनुभवले प्रेरित गरोस । मलाई पोजेटिभ इनर्जी दिने होस् । मैले गलत गर्दा सजग गराउने, सल्लाह दिने जीवनसाथी होस । जीवनसाथी भनेको नै जस्तो अवस्थामा पनि एकअर्कालाई साथ दिने हो । हामी पनि त्यस्तै बनौं ।

    क्षेत्र सोचेको छैन
    म कला क्षेत्रमा छु । मेरो जीवनसाथी यो क्षेत्रको होस भन्ने सोँचेको छैन । साथीभाईहरूले एउटै क्षेत्रको विवाह गर्दा आफूलाई बुझ्छ भन्ने सल्लाह दिन्छन् कोहीले अरु क्षेत्रकोसँग विवाह गर्दा राम्रो हुन्छ भन्छन् म कन्फयुजमा छु । आफुले देखेको जोडीहरू पनि कति एउटै फिल्डको पनि विफल भएका छन् कति सफल भएका छन् । त्यही भएर यही फिल्डको होस भन्ने चाहाना छैन तर मलाई बुझ्ने मेरो क्षेत्रलाई बुझ्ने भएपछि हुन्छ । मेरो काम र क्षेत्रलाई बुझ्ने सम्मान गर्ने भने पक्कै पनि हुनुपर्छ । जुनसुकै फिल्डको भएपनि फरक पर्दैन ।

    डिग्री जरुरी छैन
    मेरो विचारमा समाज बुझ्न, व्यहारीरक हुन डिग्री जरुरी लाग्दैन । सबै भन्दा जरुरी भनेको बुझाई हो । त्यो पढ्दै नपढेको व्यक्तिको पनि बुझाई क्षमता राम्रो हुन्छ । र आजभोली पढ्दै नपढेका हुने सम्भावना एकदमै कम हुन्छन् । पढेर नबुझ्ने नहोस भन्ने कामना छ । यत्ति पढेको हुनुपर्छ भन्ने केही छैन ।

    मागी विवाहमा जातले फरक पार्छ
    अहिलेसम्म मैले प्रेम गरेको छैन । काम काम भएर प्रेमतिर मेरो ध्यान नै गएन । अहिले प्रेम गर्ने उमेर होईन भन्ने लाग्दो रहेछ । र अब म प्रेम गरेर विवाह गर्छु भन्ने सम्भावना छैन । यस अर्थ मेरो विवाह मागी हुने सम्भावना बढी छ । यसले गर्दा मेरो विवाहमा जातले फरक पार्छ । मैले प्रेम गरेको भए जातले केही फरक पार्दैन थियो । तर अब घरबाट खोज्दा त अवश्य पनि बाहुनी नै खोज्नुहुन्छ । यद्यपि म जातमा विश्वास नगर्ने
    व्यक्ति हुँ ।

    लुकाउने हुनुभएन
    अहिले ड्रिंकिङ तथा स्मोकिङ सामान्य हो । मलाई व्यक्तिगत रुपमा ड्रिंकिङ गर्ने समस्या हुँदैन । ठूलो मान्दिनँ । विशेष रमाईलो कार्यक्रमतिर पिउँदा मलाई आपत्ति छैन । त्यस्तै स्मोकिङ गर्ने युवती देख्दा मलाई बढो रमाईलो लाग्छ । जीवन कसरी जीउने भन्ने कुरा आफै निर्धारण गर्ने हो । तर विवाह गर्ने सवाल आउँदा चाँहि घरपरिवारमा यस्ता कुराले नकारात्मक असर नपरोस । म गाउँको हुँ । गाउँमा त फेरि पनि यस्ता कुराले प्रभाव पार्छ । समाजमा नकारात्मक प्रभाव पर्न सक्छ । अवस्थालाई बुझेर पिउँदा फरक पर्दैन । तर मलाई लुकाएर पिउने चाँहि हुनुभएन । अगाडी नै मलाई जानकारी हुनुपर्छ । एक आपसमा सल्लाह गरेर जाने हो ।

  • कमेन्ट गर्नुहोस्