• प्रिस्टिन किन्डरगार्टनको दीक्षान्त

  • ८ जुलाई । प्रिस्टिन किण्डरगार्टनको १७ औं दीक्षान्त कार्यक्रम युनलङ थेटरमा सम्पन्न भएको छ । यस पटक ५५ विद्यार्थी दीक्षित भएका छन् ।

    उक्त समारोहमा प्रमुख अतिथियुनलङ जिल्ला पार्षद् लुइ किनले दीक्षित विद्यार्थीहरुलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरेका थिए । प्रिन्सिपल चेङ काइफुनको स्वात मन्तव्यबाट शुरु भएको कार्यक्रममा विद्यार्थीहरुले सांगीतिकसहित विविध प्रस्तुति प्रस्तुत गरेका थिए ।

    सोही समारोहमा एमभीपी अवार्ड छात्र म्याट इद्रेलाई र छात्रा ओकोए अन्जोला ओगेची अन्द्रियालाई र ट्यालेण्ट शोका विजेता अल्फा गुरुङ, विलियम भन्डेरुस्ट र जेसिन्टा गुरुङलाई प्रिन्सिपल चेङ, सुपरभाइजर जगदीशकुमार आले युनलङ टाउन हल सर्भिस डेभलपमेन्ट अफिसर जोनी चानले पुरस्कार प्रदान गरेका थिए ।

    प्रमुखअतिथि युनलङ जिल्ला पार्षद् लुइ किन (दायाँ) विद्यार्थीलाई प्रमाणपत्र प्रदान गर्दै । तस्बिरः विक्रम गुरुङ ।

  • कमेन्ट गर्नुहोस्