• जोनलाई भिमसेन थापा स्मृति पुरस्कार

  • यस वर्षको भिमसेन थापा स्मृति पुरस्कार इतिहासविद् जोन ह्वेल्पटनलाई प्रदान गरिने भएको छ । भिमसेन थापा स्मृति फाउण्डेसनले विज्ञप्तिमार्पmत उक्त कुरा सार्वजनिक गरेको हो ।

    जुलाई २५ का दिन काठमाडौंमा सम्पन्न हुने २ सय ४३ औं भिमसेन स्मृति दिवसका दिन प्रदान गरिने उक्त पुरस्कार ताम्रपत्रसहित नेपाली रुपैयाँ ५१ हजार १ सय ११ रहेको छ । नेपालको इतिहासबारे गहन अध्ययन तथा अनुसन्धानमा योगदान पु¥याए वापत ह्वेल्पटनलाई उक्त पुरस्कार दिन लागिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    हङकङका शिक्षक जोन ह्वेल्पटन बेलायती नागरिक हुन् । स्थानीय नेपालीका कार्यक्रममा यदाकदा देखिइने उनले नेपालको पछिल्लो जनआन्दोलनको क्रममा एक दशक अघि आयोजित विरोध कार्यक्रमलाई समेत सम्बोधन गरेका थिए ।

    एक दशक अघि स्टार फेरी चिमसाचुइमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै जोन ह्वेल्पटन । तस्बिरः एभरेष्ट अर्काइभ ।

  • कमेन्ट गर्नुहोस्