• महासंघको प्रशिक्षण उद्घाटन सम्पन्न

  • १५ जुलाई । गृह मामिला विभागको प्रायोजनमा हङकङ नेपाली महासंघद्वारा सञ्चालित परियोजना ‘कम्युनिटि सपोर्ट टिम फर नेपाल (सीएसटीएन)’ अन्तर्गतका नृत्य, चित्रकला र आधारभूत नेपाली भाषा प्रशिक्षणको उद्घाटन गरिएको छ ।

    हेनरी जी ल्योङ याउमाते कम्युनिटि सेन्टरमा आयोजित कार्यक्रममा प्रशिक्षक, प्रशिक्षार्थी र अभिभावकलगायतको उपस्थिति रहेको थियो । उक्त अवसरमा नृत्य प्रशिक्षक रोशन गुरुङ र सोना लावती, चित्रकला प्रशिक्षक दीपेन्द्र राई र भाषा प्रशिक्षक कृष्णराज लावतीले प्रशिक्षण सम्बन्धमा प्रकाश पारेका थिए ।

    विद्यार्थीको समर भ्याकेसनलाई मध्यनजर गर्दै सञ्चालन गर्न लागिएको प्रशिक्षणमा सहभागिता उत्साहजनक रहेको महासंघकी अध्यक्ष रीता गुरुङले बताइन् । उनका अनुसार उमेर र दक्षता अनुसार वर्गीकरण गरी कक्षा सञ्चालन गरिने छ । परियोजना तथा प्रशिक्षणका लागि सल्लाहकारहरुको नियुक्ति गरिएको समेत उनले जानकारी गराएकी छन् ।

    उद्घाटन कार्यक्रममा प्रशिक्षक, प्रशिक्षार्थी, सल्लाहकार तथा अभिभावकहरु । तस्बिरः टोपबहादुर याक्खा ।

  • कमेन्ट गर्नुहोस्