• एनआरएनएको अन्तरक्रियात्मक भेटघाट

  • १५ जुलाई । गैर–आवासीय नेपाली संघ हङकङले राष्ट्रिय समन्वय समिति (एनसीसी) र अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी)का नयाँ पुराना पदाधिकारी तथा सदस्यहरुबीच अन्तरक्रियात्मक भेटघाट गरेको छ । कङ्गन रेष्टुरेण्टमा आयोजित कार्यक्रममा सहभागी पुरानाहरुले विविध सुझाव प्रस्तुत गरेका थिए ।

    अन्तरकि«यामा एनआरएन र एनआरएनएको बारेमा अभैm पनि कतिपयलाई बुझाउन आवश्यक रहेको औल्याइएको थियो । नेपाल सरकारको परिभाषा अनुसारका गैर–आवासीय नेपाली घरेलु कामदारलाई पनि सदस्यता दिनु पर्ने, गम्भीर किसिमका निर्णय गर्न पर्दा कार्यसमितिले मात्र नगरेर सल्लाहकार तथा संरक्षकलगायत पुराना कार्यसमितिका सदस्यहरुको भेलाले गर्न पर्ने लगायतका सुझाव पेश गरिएका थिए ।

    विधानको अक्षरशः पालना, पारदर्शिता र बेलायती नागरिकता तथा पासपोर्टलगायत समसामयिक समस्या समाधानको लागि नेतृत्व, एनसीसी र आईसीसीबीच समन्वय, आईसीसी नेतृत्वमा हङकङको प्रतिनिधित्व बढाउन पहल, उद्देश्य अनुरुप संस्थालाई अगाडि बढाउन प्रभावकारी कार्यक्रम तथा योजना ल्याउनु पर्ने पनि सुझाव रहेका थिए ।

    कार्यक्रमको अन्तमा अध्यक्ष राधिका गुरुङले प्राप्त सुझावहरुलाई कार्यान्वयन गरिने र यस किसिमका कार्यक्रम भविष्यमा पनि गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    अन्तरकि«यात्मक भेटघाटका सहभागीहरु सामुहिक तस्बिरमा । तस्बिरः एभरेष्ट ।

  • कमेन्ट गर्नुहोस्