• ‘रातो सारीमा कम्मर मर्काउँदै’ प्रमिला (भिडियो)

  • गायिका प्रमिला पुनले आधा दर्जन गीत गाइसकेकी छन् । यसपालीको तीजमा पनि आधुनिक गायनमा साधनारत प्रमिलाले ‘कम्मर मर्काउँदै’ नाच्ने भएकी छन् ।
    तीन वर्षदेखि निरन्तर तीजमा आफूलाई गायनमार्फत उतार्दै आएकी प्रमिलाले आफूलाई मिडियामा त्यति ध्यान नदिए पनि शब्द, संगीत र स्वरमा ख्याल गर्ने गर्छिन् । गत सालका तीजभन्दा यो सालको तीज अलि फरक बनाउने उनको योजना छ । कम्मर मर्काउँदै बोलको गीतले यसपाली धेरै दर्शकको मन जित्ने उनको विश्वास रहेको छ ।
    ‘रातो सारी फररर सररर सर्काउँदै यसपाली त नाचिन्छ कम्मर मर्काउँदै’ बोलको गीतमा बाबुल गिरीको शब्द संगीत रहेको छ भने प्रमिला पुनको स्वर रहेको छ । आशिष म्यूजिकबाट बजारमा आएको उक्त गीतको म्यूजिक भिडियोमा विनु खड्काको अभिनय रहेको छ । क्रान्ति केसीको निर्देशन र सम्पादन रहेको उक्त भिडियोलाई अजय रेग्मीले छायाँकन गरेका हुन् ।

     

  • कमेन्ट गर्नुहोस्