• यायोक्लाखिमको तेश्रो अधिवेशन सम्पन्न

  • अगष्ट १२ । किरात राई बान्तावा यायोक्लाखिमको तेश्रो अधिवेशन दुर्गाकान्त राईको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । अधिवेशन सुप्तुलुङखिमको यलम्बर हलमा सम्पन्न भएको थियो ।

    नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्ष धिरज राई, उपाध्यक्ष विक्रम राई, सचिव गजेन्द्र राई, सहसचिव दिपेन्द्र राई, कोषाध्यक्ष धिरेन राई र सहकोषाध्यक्ष सरिता राई रहेको छन् । हेमराज राई, पवित्रा राई मौलकुमार राई, किशोर राई, लक्ष्मण राई, कल्याण राई, शिवकुमार राई समितिका सदस्य रहेका छन् ।

    किरात राई यायोक्खाका अध्यक्ष हरि राईको प्रमुखआतिथ्य रहेको अधिवेशनको खुल्लासत्रमा यायोक्खाका भाषिक संस्थाका अध्यक्षलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । निर्वाचन समितिका संयोजक झण्ड राईले सपथ ग्रहण गराएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष किसन राईलाई नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेका थिए ।

    तस्बिर: कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु सपथ ग्रहणको क्रममा ।


    नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष धिरज राईलाई प्रमाणपत्र दिने क्रममा निर्वाचित समितिका संयोजक झण्ड राई ।

  • कमेन्ट गर्नुहोस्