• मिसेज हङकङ नेपाल सामाजिक कार्यमा

  • १९ अगष्ट । मिसेज हङकङ नेपाल समूहले सामाजिक कार्यको शुरुवात गरेको छ । समूहले मकवानपुरको चेपाङ बस्तीमा निर्माण हुने स्वास्थ्यचौकी भवनको लागि च्यारिटि डिनरको आयोजना इन्डिया क्लवमा सम्पन्न ग¥यो ।

    संयोजक प्रथम मिसेज हङकङ नेपाल पविता पुमा राईका अनुसार मिस नेपाल श्रृङ्खला खतिवडाको पहलमा निर्माण हुने उक्त स्वास्थ्यचौकीका लागि समूहले ७ लाख उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे अनुसारको रकम संकलन भएको छ ।


    गैर–आवासीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष भवन भट्टद्वारा उद्घाटित कार्यक्रममा समूहले नृत्यलगायतका मनोरञ्जनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए । सोही समारोहमा उद्यमी प्रकाश पुनले उक्त स्वास्थ्यचौकीको छानाको लागि ३ लाख प्रदान गर्ने बताएका थिए ।


    सोही अवसरमा समूहले मिसेज नेपालका आयोजक नेपाली महिला संघकी अध्यक्ष राधिका गुरुङलाई सम्मान गरेको थियो ।

    तस्बिरः विक्रम गुरुङ ।

  • कमेन्ट गर्नुहोस्