• हाङयुगको आमा युटुबमा

  • कवि तथा गीतकार हाङयुग अज्ञातको गीत ‘आमा मेरो आमा’ युटुबमा रिलिज गरिएको छ । ‘विश्व वेपत्ता विरुद्धको दिवस’को दिन सार्वजनिक गरिएको गीतमा बेनुका राईको स्वर र दिनेश सुब्बाको संगीत रहेको छ ।

    नाट्यकर्मी सोमनाथ खनालको निर्देशन रहेको गीतमा बबिता मल्ल ठकुरी, सम्झना सिर्पाली र सिञ्जल भट्टराई लगायतको अभिनय रहेको छ । रविन्द्र न्यौपानेको छायांकनलाई किरण चाम्लिङ राईले सम्पादन गरेका छन् ।


    पोखरा थिएटर र मण्डला थिएटर काठमाडौंमा छायांकन गरिएको गीति भिडियोलाई दयाहाङ राईले निर्माण गरेका हुन् । सम्पूर्ण आमाप्रति समर्पित गीतमा संगीत संयोजन गोपाल रसाइलीले गरेका छन् ।

  • कमेन्ट गर्नुहोस्