• सोच अग्लो भएको हुनुपर्छ -मिरुना मगर, नायिका

  • असल हुनुपर्छ
    मैले मेरो जीवन साथी यस्तो हुनुपर्छ भनेर त खास सोँचेको छैन । तर रोज्ने बेला आवश्यक गुणहरू चाँहि अवश्य पनि खोजिन्छ होला । त्यसमा सबै भन्दा पहिला त असल हुनुपर्छ । किन भने जीवन बिताउनुपर्ने हुन्छ । सबै बानी राम्रो भएको अर्थात उसको व्यवहारले कसैलाई अप्ठ्यारो नहोस । बालेर अथवा काम गरेर कसैलाई नकारात्मक असर नपरोस् । म आफु पनि असल हुने कोशिस गर्छु । सकेसम्म अरुलाई मेरो व्यवहारले दुख नहोस भन्ने चाहाना राखेर काम गर्ने गरेकी छु । मेरो जीवन साथीमा पनि अवश्य यस्तै गुण खोज्छु ।

    सबैको सम्मान गर्ने हुनुपर्छ
    सबैको सम्मान गर्ने हुनुपर्छ । कोही सानो वा ठूलो भन्ने भाव नभएको । सबै समान हो भन्ने धारणा भएको हुनुपर्छ । आफ्नो साईनो अनुसार सम्मान, आदर गर्न जान्ने हुनुपर्छ । कतिपयलाई यस्तो ख्याल हुँदैन । जहाँ पनि जस्तो पनि प्याच्च बोल्दिने हुन्छन् । आफ्नो वरपर को छन् भन्ने ख्याल नै गर्दैनन त्यस्तो बानी मलाई ठिक लाग्दैन ।

    मन सुन्दर हुनुपर्छ
    मेरो लागि बाह्य सुन्दरता खास महत्व हुँदैन । शारीरिक रुपमा फिट रहनु राम्रो हो । स्वास्थ्य हुनु राम्रो हो । तर व्यवहार राम्रो भएन भने उसको सुन्दरताले केही अर्थ राख्दैन । त्यसैले मलाई उसको मनको सुन्दरताले अवश्य तान्छ । उ कस्तो मान्छे भनेर संगत गर्दै गएपछि व्यवहारमा थाह भईहाल्छ ।

    सोच अग्लो भएको हुनुपर्छ
    बाहिरी रुप यस्तो हुनुपर्छ भन्ने छैन । कालो, गोरो, अग्लो, होचो केहीले फरक पार्दैन । मन सफा र राम्रो भए हुन्छ । मलाई सबै मान्छे सुन्दर लाग्छन् । नराम्रो त व्यवहारले हुने हो जस्तो लाग्छ । मान्छेको बाह्य रुप क्षणिक हो । व्यवहार अमर हुने होनी । मान्छेको शारीरिक उचाई होचो भएर केही फरक पर्दैन सोँच अग्लो हुनुपर्छ । म सोँच अग्लो भएको मानिस रोज्छु ।

    अन्तरजातीयले फरक पार्दैन
    मलाई अन्तरजातीयले असर पर्दैन । फरक पर्दैन । म आफु पनि अन्र्तजातीय आमा बुवाको छोरी भएकोले पनि त्यस्तो भएको होला । आफुलाई मन परेपछि अथवा असल व्यक्ति भए हुन्छ । मैले जोडेको सम्बन्धलाई जात कै कारण समस्या पर्दैन । यसले त झनै सकारात्मक भुमिका निभाउन सहयोग गर्छ भन्ने लाग्छ । एकले अर्काको संस्कार, संस्कृतिको बारेमा बुझ्न सहज हुन्छ ।

  • कमेन्ट गर्नुहोस्