• हङकङका श्रष्टाको म्युजिक भिडियो सार्वजनिक

  • सेप्टेम्बर १४ । शब्द, सङ्गीत र स्वर स्थानीय श्रष्टाका रहेको गीत ‘फूल टिप्दा’को म्युजिक भिडियो गायक ज्ञान सुब्बाको व्यक्तिगत युट्युब च्यानलमार्फत आज सार्वजनिक गरिएको छ ।

    हाङयुग अज्ञातको शब्दमा दिनेश सुब्बाको सङ्गीत रहेको गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका हुन् भने मिक्सिङ मीन विष्टको रहेको छ । सोनाम पाख्रिनले निर्देशन गरेको भिडियोमा अनिश मगर र रेखा लिम्बूको अभिनय रहेको छ । उत्सव दाहालको छायाङ्कन रहेको भिडियोलाई श्याम न्यौपानेले सम्पादन गरेका छन् ।


    दिनेश सुब्बाकै सङ्गीतमा बेनुका राईको स्वर रहेको अघिल्लो गीतको म्युजिक भिडियो दुई हप्ताअघि सार्वजनिक भएकोमा उत्साहित गीतकार अज्ञात अझ उत्साहित भएका छन् । कविका रुपमा स्थापित उनी पछिल्लो समय गीतकारका रुपमा चिनिन थालेका छन् । १५ वटा गीत रेकर्ड भएकोमा तीनवटाको म्युजिक भिडियो बनिएको उनले बताएका छन् ।

     

    https://www.youtube.com/watch?v=Op0Pn8cqpsc

  • कमेन्ट गर्नुहोस्