• अमेरिकामा नेपाली आदिवासी चलचित्र महोत्सव हुने

  • सेप्टेम्बर ५ । नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–निफ २०१८ अमेरिकाको न्युयोर्कमा हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना)को आयोजना रहने कार्यक्रम सेप्टेम्बर १५–१६ का दिन सम्पन्न हुने छ ।

    नेपाली आदिवासी जनजातिका भाषा तथा संस्कृतिमा आधारित चलचित्र र चलचित्रकर्मीहरुको विकास र बिस्तारमा सहयोग गर्ने उद्देश्य रहेको महोत्सवमा पछिल्लो पाँच वर्षभित्र बनेका चलचित्रहरुलाई समावेश गराउने निर्णयका साथ नेपालमा चलचित्र दर्ता तथा छनौटको लागि नेपाल आदिवासी जनजाति चलचित्र महासंघको अध्यक्ष श्री अमृत सुनुवारको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको छ ।

    फिप्नाका  विनोद पोमूले महोत्सवमा गुरुङ, तामाङ, नेवार, मगर, राई, लिम्बू, शेर्पा, थारु, माझी, सुनुवार, मनाङ, याक्खा र राजवंशी भाषाका चलचित्र प्रदर्शन हुने जानकारी गराएका छन् । उनका अनुसार लघु चलचित्रसमेत प्रदर्शन हुने कार्यक्रममा उत्कृष्ठलाई पुरस्कार प्रदान गरिने छ ।

     

  • कमेन्ट गर्नुहोस्