• हङकङमा एनआरएन डे

  • १३ अक्टुबर । गैर–आवासीय नेपाली संघको पन्ध्रौं वार्षिकोत्सव ‘एनआरएन डे’ औपचारिक रुपमा सम्पन्न भएको छ । बगैंचा रेष्टुरेण्टमा आयोजित कार्यक्रम अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी) सदस्य दिलिपसिं गुरुङले मैनबत्ति प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए ।

    अराधिका गुरुङको अध्यक्षता रहेको कार्यक्रममा भूपू अध्यक्ष दुर्गाबहादुर गुरुङ, संस्थापक अध्यक्ष कृष्णप्रसाद पाण्डे र भूपू आईसीसी सदस्य जगन्नाथ ज्ञवालीले शुभकामनासहित आफ्ना अनुभवहरु बताएका थिए ।

    मन्तव्यको क्रममा भूपू अध्यक्ष गुरुङले स्थापनाकालदेखि नै हङकङ एनआरएन अगाडि रहेको दावी गर्दै सदैव अगाडि रहने कोशिश गर्न आह्वान गरेका थिए । त्यसैगरि भूपू आईसीसी सदस्य ज्ञवालीले छैठौं एशिया–प्यासफिक क्षेत्रीय बैठक हङकङका लागि अवसर र चुनौती रहेकोले सबै एक जुट भइ कार्यक्रम सफल बनाउनु पर्नेमा जोड दिएका थिए ।

    प्रमुखअतिथि गुरुङले केन्द्रीय भवनको उद्घाटन भइ कार्यालय सारिएको जानकारी गराएका थिए । उनका अनुसार लाप्राक नमूनाबस्तीमा केही प्राविधिक समस्या भएकोले हस्तान्तरण केही पछि हुने छ । पन्ध्रौ वार्षिकोत्वको अवसरमा ललितपुरमा निर्माण गरिएको शंखमूल पार्क महानगरपालिकालाई हस्तान्तरण गरिएको उनले बताएका थिए ।

    महासचिव किसन राईद्वारा सञ्चालित कार्यक्रम समापन गर्दै अध्यक्ष गुरुङले एनआरएन डेको अवसरमा काठमाडौंंमा भइरहेको प्रथम एनआरएन विज्ञ सम्मेलनका लागि निवर्तमान अध्यक्ष र भूपू आईसीसीका पदाधिकारीहरु चार जनाले हङकङको प्रतिनिधित्व गर्न प्रस्थान गरेको जानकारी गराएकी थिइन् । प्रवक्ता ईन्द्र वनेमले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

    प्रमुख अतिथि दिलिपसिं गुरुङ (दायाँबाट दोश्रो)लगायत उद्घाटनको क्रममा । तस्बिरः बज्रकुमार राई ।

  • कमेन्ट गर्नुहोस्