• सांस्कृतिक कार्यक्रम ‘आदिवासी झङ्कार’

  • पत्रकार सम्मेलनमा अध्यक्ष, महासचिव र कोषाध्यक्ष बायाँबाट क्रमशः । तस्बिरः एभरेष्ट ।

     

    ३ अक्टुबर । नेपाल आदिवासी जनजाति महासंघले सांस्कृतिक कार्यक्रम ‘आदिवासी झङ्कार’ नोभेम्बर ४ का दिन हेनरी जी ल्योङ याउमाते कम्युनिटि सेन्टरमा गर्ने भएको छ ।

    पत्रकार सम्मेलनमार्पmत जानकारी गराइए अनुसार सदस्य संस्थाका सांस्कृतिक झाँकीसहित स्थानीय कलाकारहरुको प्रस्तुति रहने कार्यक्रममा काउली बुढी उर्पm सन्ध्या बुढा अतिथि कलाकारको रुपमा रहने छन् । कार्यक्रम दिनको १ बजेदेखि ६ बजेसम्म हुने छ ।

    सम्मेलनमा वितरण गरिएको विज्ञप्ति अनुसार नेपालमा सरकारबाट सूचिकृत ५६ जाति जनजाति महासंघमा आवद्ध रहेको भए पनि हङकङको सन्दर्भमा हालसम्म संगठित भएका गुरुङ, तामाङ, थकाली, दुरा, नेवार, मगर, याक्खा, राई, लिम्बू, सुनुवार र शेर्पा जातिका ११ संस्थाहरु जनजाति महासंघको सदस्य संस्थाका रुपमा रहेका छन् । सांस्कृतिक झाँकीसंगसंगै स्थानीय कलाकारहरुले भाषिक तथा अन्य गीत प्रस्तुत गर्ने छन् ।

    ‘आदिवासी झङ्कार’ कार्यक्रम सांस्कृतिक प्रदर्शनी मात्र नभएर सम्मान कार्यक्रमको रुपमा पनि रहने विज्ञप्तिमा उल्लेख गरिएको छ । २४औं विश्व आदिवासी दिवसको दिन घोषणा गरिएको ‘आदिवासी वर्ष महिला र पुरुष’लाई सोही समारोहमा सम्मान गरिने जानकारी गराइएको छ । उक्त सम्मानका लागि तामाङ घेदुङकी अध्यक्ष सरस्वती घिसिङ र जनजाति महासंघका निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार मैनबहादुर थापालाई घोषणा गरिएको थियो ।

    विगतमा विश्व आदिवासी दिवसकै अवरमा झाँकी पनि प्रस्तुत गरिने भए पनि यस पटक अगष्ट ९ का दिन सांस्कृतिक झाँकीका लागि छुट्टै कार्यक्रम गरिने घोषणा गरिएको थियो ।

    चुम्लुङ हिममा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष किसन राई, महासचिव कृष्णराज लाओती र कोषाध्यक्ष सुवास श्रेष्ठ उपस्थित रहेका थिए ।

  • कमेन्ट गर्नुहोस्