• बालनृत्यको उपाधी सिजस्मीलाई

  • खुला बालनृत्य प्रतियोगिताको उपाधी प्रदान गर्दै डिस्ट्रिक काउन्सिलर बेन्नी यङ (बायाँबाट दोश्रालगायत । तस्बिरः टोपबहादुर याक्खा ।

    २१ अक्टुबर । नेपाली समुदायको लागि सामुदायिक सेवा (सीएसटीएन) समूहको आयोजनामा सम्पन्न खुला बालनृत्य प्रतियोगिताको उपाधी सिजस्मी गुरुङले हात पारेकी छन् ।

    २८ जनाले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगितामा कस्मिना गुरुङ र आयुष्मा राईले फस्ट रनरअप र सेकेण्ड रनरअप र प्रतिक्षा गुरुङले वेष्ट स्टेज पर्फमरको ट्रफी हाता पारे ।

    हेनरी जी ल्योङ याउमातेई कम्यूनिटी सेन्टरमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि याउचिममोङ डिस्ट्रिक काउन्सिलर बेन्नी यङ, प्रोजेक्ट प्रमुख रिता गुरुङ, हङकङ नेपाली महासंघका अध्यक्ष टंक राना, निर्णायक र सल्लाहकारहरुद्वारा ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।


    सोही अवसरमा सीएसटीएन अन्तर्गत सम्पन्न भएका तेक्वान्दो र फुटलबलका उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

    गृह मामिला विभागद्वारा प्रायोजित सीएसटीएन प्रोजेक्ट हङकङ नेपाली महासंघले २०१६ बाट सञ्चालन गरिरहेको छ । प्रोजेक्ट अन्तर्गत नेपाली समुदायका निम्ति नृत्य, चित्रकला, आधारभूत नेपाली भाषा, तेक्वान्दो, विभिन्न सीपमूलक तालिम तथा पारिवारीक भ्रमणको आयोजना गर्ने गरिएको छ ।

  • कमेन्ट गर्नुहोस्